बेमौसमीे शेयर आह्वान तत्काल स्थगित गर्न जिल्लाका सहकारी संघको आग्रह

 पब्लिक संवाददाता      सोमवार, असार १८, २०७५      0

दोलखा १८ असार । सहकारीको खाता वन्द हुने, सदस्यले जम्मा गरेको रकम समेत फिर्ता गर्न नसक्ने कारण देखाउदै दोलखा जिल्लाका सहकारीहरुको छाता संगठन जिल्ला सहकारी सँघले बेमौसमी माथिल्लो तामाकोशीको शेयर आह्वान तत्काल स्थगित गर्न माग गरेको छ ।
आर्थिक वर्षको अन्त्यमा सहकारीको खाता वन्द हुने र सहकारी संस्थाहरुले शेयर सदस्यले जम्मा गरेको रकम समेत फिर्ता गर्न नसक्ने अवस्था कारण शेयर सुनिश्चित नहुने भन्दै माथिल्लो तामाकोशीमा आह्वान गरिएको शेयर तत्काल स्थगित गर्न माग गरेको हो ।
जिल्ला सहकारी सँघका अध्यक्ष हेमन्त चौँलागाईद्धारा जारी विज्ञप्तीमा आर्थिक वर्षको अन्त्य, सहकारी संस्थाको क्लोजिङको समय, वर्षा, बाढी, पहिरो र खेतीको मुख्य समयमा गरिएको शेयर आह्वान तत्काल स्थगित गर्न माग गरिएको छ ।
माथिल्लो तामाकोशीमा प्रतिकुल समयमा शेयर आह्वान भएको भन्दै स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला जिल्ला सहकारी सँघले पनि विज्ञप्ती जारी गरि ध्यानाकर्षण गराएको हो ।
दोलखाबासीका लागि छुट्याईएको सबै शेयर सतप्रतिशत दोलखाबासीले उपयोग गर्न पाउने वातावरण बन्नुपर्ने आँफुहरुको मान्यता भएपनि आयोजनाले वेमौसममा शेयर आह्वान गरेकाले लगानी सुनिश्चित हुन नसक्ने संघको भनाई छ । हाल दोलखा जिल्लामा रहेका सहकारीमा ७ अर्व भन्दा बढि पूँजी परिचालन भएको र जिल्लाका १ लाख ८५ हजार ५ सय ३६ जना कुनै न कुनै रुपमा सहकारीमा आवद्ध रहेको सँघको तथ्यांक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।