चरम मुल्य बृद्धी बिरोधमा उत्रियो दोलखा कांगे्रस

 पब्लिक संवाददाता      बुधबार, असार १३, २०७५      0

दीपशंकर चौलागाई
दोलखा १३ असार । नेपाली कांग्रेस दोलखाले भुकम्प पिडित नागरिकलाई आवास निमार्णको लागी चाहिने सामाग्री सहज र सरलरुप उपलब्ध गराउन अपिल गर्दै आज जिल्ला समन्वय समितीको कार्यालय गेटमा एक घण्टे धर्ना बसेको छ ।
बालुवा गिटी लगायतका निमार्ण सामाग्रीको सहज आपूर्तिको ब्यबस्था नभए सम्म नेपाली कांगे्रस दोलखाले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले बताए ।
चरम मुल्य बृद्धी भएकोले तत्काल नियान्त्रण गर्न रिमालले सरोकारवाला निकायलाई आग्रह गरेकाछन ।
बालुवा गिटीको मुल्य घटाई एकरुपता कायम नगरे नेपाली कांगे्रस जस्तो सुकै कडा आनदोलन गर्न पनि तयार रहेको नेपाली कांगे्रस क्षेत्र नं २ का अध्यक्ष जयराम श्रेष्ठले बताए । कालो बजारी नियान्त्र गर्न आँखा चिम्लेर बस्नेहरुलाई नेपाली कांगे्रसले नछोड्ने श्रेष्ठ चेतावानी दिए ।
नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामा र ईश्वर नारायण मानन्धरले नदी दोहन बन्द गरि क्रसरहरुलाई ब्यबस्थित गरि भुकम्प पिडित नागरिकलाई परिचयपत्रको आधारमा १० प्रतिशत छुटमा बालुवा गिटी उपलब्ध गराउन जिल्ला समन्वय समिती र स्थानिय प्रशासनलाई आग्रह गरेकाछन ।
आग्रह रु अपिल नेपाली कांगे्रसको कमजोरी ठानी वेवस्था गरे त्यसको े परिणामा सहन तयार रहन दुबै नेताले चेतावानी दिएकाछन । धर्ना कार्यक्रममा नेका जिल्ला कार्यसमिती सदस्यहरु कुमार भुजेल ,उदव बस्नेत, श्याम राजा खड्का,लोक शंकर चौलागाई, राजु लामा, भीनपा नगर सभापति राजेश श्रेष्ठ, नेपाल टेड्र युनियान कांगे्रसका अध्यक्ष रामजी प्रसाद चौलागाई ,तरुणदलका अध्यक्ष दावा शेर्पा ,नेबिसंघका नेता शुरेस गौतम लगायतका सयौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।