सेयर बिक्री खुल्ला षडयन्त्र र गलत नियत भएको नागरिक समाजको ठहर

 पब्लिक संवाददाता      बुधबार, असार १३, २०७५      0

दोलखा १३ असार । माफियाहरुको जालमा परि बर्षा याम, खेती लागाउने चाप र आर्थिक बर्ष अन्तिम समय पारी सेयर आव्हान गर्नु षडयन्त्र र गलत नियत भएको नागरिक समाजले ठहर गरेकोछ ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले मध्य असारको २४ देखी साउन ९ गतेको मिती तोकी १५ दिन भित्र सेयर हाल्न उर्जि जारी गरेको र यता दोलखाली नागरिकहरु खेती गर्न ब्यस्त भएकोले माफियाहरुको जालमा नपरि समय बढाएर सहज र सरल रुपमा सेयर हाल्ने बातावरण सृजना गरिदिन प्रेस विज्ञप्ती मार्फत नागरिक समाजले अपिल गरेको छ ।
आर्थिक बर्षको अन्त्य,बैंक तथा बित्तिय संस्थाको क्लोजिङको समय,बर्षा बाढी पहिरो र खेतीको मुख्य सिजनमा गरिएको सेयर आव्हानको मिती डेढ महिना थप गर्न आवश्यक रहेको नागरिक समाज दोलखाका अगुवा कृष्ण बस्नेत बताएकाछन ।
बस्नेतले भने “बैदेशिक रोजगारीमा गएका दोलखाली नागरिकलाई अनलाईनबाट सहज आवेदन भर्ने ब्यबस्था मिलाउनका साथै राजधानीका काठमाण्डौ,लतिलपुर भक्त्तपुर लगायतका जिल्लामा ठुलो संख्यामा रहेका दोलखावासीलाई मातहतकै जिल्लाबाट सेयर भर्ने ब्यवस्था बनाईदिन समेत आयोजना बोर्डलाई आग्रह गरेका छौं । ”
प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकलाई विज्ञप्ती बुझाउदै नागरिक अगुवा चिरञ्जीवी मास्केले भन्छन जिल्लाका सबै स्थानिय निकायका वडा तह सम्म बैंक तथा बित्तिय संस्थासंग साझेदारी गरि सोही मार्फत सरल र सहजढंगले सेयर आवेदन फाराम भर्ने ब्यबस्था मिलाएर मात्र सेयर निष्काशन गर्न गरेका छौं । नागरिक समाजका अगुवा लक्ष्मण खड्काले सेयर आव्हान पत्र सार्वाजानिक गर्नु सेयर आवेदन भर्ने बिधि र प्रक्रियाका बारेमा आम संचार माध्यम मार्फत सर्वसाधरण सुसुचित गर्नु पर्ने धरण व्यक्त गरे ।
सय रुपैयाँ अंकित २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि मात्रै शेयर खुलाईएको हो । दोलखाबासीका लागि छुट्याईएको १० प्रतिशत शेयर आयोजनाबाट अति प्रभावित, प्रभावित र जिल्लाका बाँकी भागका बासिन्दालाई क्रमशः ३, १.४ र १ को अनुपातमा बाँडफाँड गरिनेछ ।

आयोजना प्रभावित दोलखा जिल्लाबासिहरुका लागि छुट्याईएको १० प्रतिशत शेयर नेपाल धितोपत्र बोर्डको बाँडफाँड निर्दे्शिकाको अधिनमा रहि आयोजनाबाट अति प्रभावित, प्रभावित र जिल्लाका बाँकी भागका बासिन्दालाई क्रमशः ३, १ दशमलव ४ र १ को अनुपातमा शेयर बाँडफाँड गरिने आयोजना जनाएको छ ।
शेयर बाँडफाँडका लागि दोलखाको साविक लामावगर र गौरीशंकर गाविसलाई अति प्रभावित क्षेत्र कायम गरिएको छ भने साविक ओराङ्ग, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई प्रभावित क्षेत्र तोकिएको छ ।
जिल्लाका बाँकी क्षेत्र साविक आलाम्पु, बाबरे, भेड्पु, भुषाफेदा, विगु, चंखु, क्षेत्रपा, चिलंखा, च्यामा, डाँडाखर्क, ताम्चेत, दुधपोखरी, फस्कु, घ्याङसुकाठोकर, हावा, झुले, झ्याँकु, जिरी नगरपालिका, जुँगु, काब्रे, कालिञ्चोक, काटाकुटी, खोपाचाँगु, लापिलाङ, मागापौवा, मार्वु, मेलुङ, मिर्गे, पवटी, शैलुङ्गेश्वर, सुरी, बोच, लाकुरीडाँडा, श्यामा र भिमेश्वर नगरपालिकाको साविक वडा नम्बर ५, ६, ८, ९, १०, ११, १२ र १३ लाई भने अन्य वर्ग कायम गरिएको छ । अति प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ३ सय कित्तासम्म शेयर हाल्न पाउने भएपनि सुरुमा आवेदन फारम भर्दा समान रुपमा भरिने र पछि प्राप्त भएका आवेदनको आधारमा थप गरिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।