तामाकोशी आयोजनाको सेयर बिक्री खुला,लामो प्रतिक्षाको घडि समाप्त (सम्पूर्ण जानकारीका लागी क्लिक गरि हेर्न सकिने छ )

 पब्लिक संवाददाता      मङ्लबार, असार १२, २०७५      0

दीपशंकर चौलागाई
दोलखा १२ असार । ४ सय ५६ मेगावटको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले स्थानीयबासीका लागि दिने १० प्रतिशत सेयर बिक्री खुला गरेको छ ।
आयोजनाले धितोपत्र बोर्डको बाँडफाँड निर्देशिकाको अधिनमा रहि अति प्रभावित, प्रभावित र जिल्लाका बाँकी भागका बासिन्दालाई क्रमशः ३, १दशमलव४ र १ को अनुपातमा सेयर बाँडफाँड गरिने गरिसेयर बिक्री खुला गरेको हो ।
पहिलो र दोस्रो चरणको सेयर निष्कासनबाट २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने हुने बताउदै आयोजना प्रमुख बिज्ञान श्रेष्ठले सर्वसाधारणलाई बिक्री गरिने सेयर अर्को सूचना जारी गरी जानकारी गराइने प्रष्ट पारे । उनले भने अहिले सेयर बिक्रीमा जिल्ला वासीे न्यूनतम ३० कित्ता र बढीमा ३ सय कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् ।
उनीहरूले असार २४ देखी साउन ९ गतेसम्म सेयर खरिद गर्न आवेदन दिन पाउनेछन् उनले भने । सय रुपैयाँ अंकित २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनी भन्छन “बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई छुट्ट्याइएको छ ।”
शेयर बाँडफाँडका लागि दोलखाको साविक लामावगर र गौरीशंकर गाविसलाई अति प्रभावित क्षेत्र कायम गरिएको छ भने साविक ओराङ्ग, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई प्रभावित क्षेत्र तोकिएको छ ।
जिल्लाका बाँकी क्षेत्र साविक आलाम्पु, बाबरे, भेड्पु, भुषाफेदा, विगु, चंखु, क्षेत्रपा, चिलंखा, च्यामा, डाँडाखर्क, ताम्चेत, दुधपोखरी, फस्कु, घ्याङसुकाठोकर, हावा, झुले, झ्याँकु, जिरी नगरपालिका, जुँगु, काब्रे, कालिञ्चोक, काटाकुटी, खोपाचाँगु, लापिलाङ, मागापौवा, मार्वु, मेलुङ, मिर्गे, पवटी, शैलुङ्गेश्वर, सुरी, बोच, लाकुरीडाँडा, श्यामा र भिमेश्वर नगरपालिकाको साविक वडा नम्बर ५, ६, ८, ९, १०, ११, १२ र १३ लाई भने अन्य वर्ग कायम गरिएको छ ।
अति प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ३ सय कित्तासम्म शेयर हाल्न पाउने भएपनि सुरुमा आवेदन फारम भर्दा समान रुपमा भरिने र पछि प्राप्त भएका आवेदनको आधारमा थप गरिने उनले जानकारी दिए ।पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि मात्रै शेयर खुलाईएको हो । सर्वसाधारण शेयरधनीहरुका लागि भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर बाँडफाँड पछि मात्रै शेयर आह्वान गरिने आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोशी आयोजनामा शेयर हाल्नका लागि परिवारका कुनै एक सदस्यको मात्रै बैंक खाता भए पनि हुनेछ । आवेदनका लागि १६ वर्ष भन्दा कम उमेरका लागि जन्मदर्ता, १६ वर्ष माथिकालाई नागरिकता, विवाह तथा बसाईसरी आएकाले विवाह दर्ता तथा बसाई सरी आएको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ । शेयर आवेदनका लागि दोलखामा रहेका अधिकांश वैंक तथा आयोजनास्थल गोंगरबाट फारम भरेर बुझाउन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेकाहरुले भने ईन्टरनेटबाट फारम डाउनलोड गरि आवेदन दिन सक्नेछन् ।माथिल्लो तामाकोशी आयोजनामा शेयर हाल्नका लागि परिवारका कुनै एक सदस्यको मात्रै बैंक खाता भए पनि हुनेछ । परिवारका कुनै एक सदस्यको बैंक खाता भएमा सोही मार्फत परिवारका सबै सदस्यको आवेदन दिन सकिने आयोजनाका श्रेष्ठले बताए ।।
दोलखा जिल्ला बासिहरुको हकमा १६ वर्ष उमेर पुगेका आवेदकले दोलखा जिल्लाबाट जारि गरिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा दरखास्त फारमसाथ पेश गर्नुपर्नेछ । १६ वर्ष भन्दा कम उमेरका लागि आमा बुबाले संरक्षक भई आवेदन दिनु परेमा नेपाल सरकारको पञ्जिकाधिकारीको कार्यालयबाट प्राप्त नाबालकको जन्मदर्ता प्रमाणपत्रको संरक्षकद्धारा प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । साथै दरखास्त फारममा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न हुनुपर्नेछ ।
विवाह भई आएका महिलाहरुले विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य संलग्न गरेको हुनुपर्नेछ । बसाईसरी आएकाको हकमा आयोजनामा ऋण लगानी गर्ने सम्बन्धमा प्रथम पटक समझदारी भएको मिति २०६४ माघ १५ भन्दा अगावै बसाईसरी आएको प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।
१६ वर्ष उमेर पुगी नागरिकता लिएका र विवाह गरि दोलखा बाहेकका अन्य जिल्लामा गएका महिला तथा बसाई सरी अर्काे जिल्लामा गएका व्यक्तिहरुको उल्लेखित शेयरमा आवेदन गर्ने अधिकार रहने छैन । कुनै व्यक्तिले एक भन्दा बढि आवेदन दिएमा निजको सबै आवेदन रद्ध हुनेछ ।
आयोजना निर्माणस्थल, गोंगर र कृषि विकास बैंक लिमिटेड चरिकोट, सेन्चुरी कर्म्सियल बैंक लिमिटेड चरिकोट, सिंगटी र जिरी, सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड चरिकोट, लक्ष्मी बैंक लिमिटेड चरिकोट, प्राइम कमर्सियल बैंक लिमिटेड जिरी, मैनापोखरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड चरिकोट, सिद्धार्थ बैंक लिमिटेड चरिकोट, एनएमबी बैंक लिमिटेड किर्नेटार र महालक्ष्मी बैंक लिमिटेड चरिकोटबाट आवेदन फारम भरी बुझाउन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेकाहरुले ईन्टरनेटबाट फारम डाउनलोड गरि आवेदन दिन सक्नेछन् । उनीहरुले प्रवद्र्धक कम्पनीले तोकेको वेभसाईटबाट फारम डाउनलोड गरि भरेर आफ्नो हस्ताक्षर सहित पठाएपछि परिवारका कुनै एक सदस्यले बुझाउन मिल्ने आयोजनाले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका सबैको खाता नहुने भएकाले परिवारका कुनै एक सदस्यको खाता मान्य हुने व्यवस्था मिलाईएको आयोजनाले जनाएको छ ।
आयोजना निर्माणको काम सञ्चालन भईरहेको अवस्थामा शेयर निश्काषणबाट प्राप्त हुने सम्पुर्ण रकम आयोजनाको मुख्य सिभिल निर्माण कार्य, हाईड्रो मेकानिकल, ईलेक्ट्रो मेकानिकल र प्रशारण लाईन निर्माण कार्यमा खर्च गरिनेछ ।

अपर तामाकोशीको दोलखावासीहरूको लागि आव्हान गरिको सेयरको लागि दर्खास्त/निवेदन निम्न स्थानमा बुझाउनुपर्ने असार २४ देखि साउन ९ सम्म:
१. गोंगर स्थित तामाकोशी हाइड्रोपावर लिमिटेडको कार्यालय,
२. चरिकोट मा (कृषि विकास बैंक, सेन्चुरि कमर्सियल बैंक, सिटिजेन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, मेगा बैंक, नविल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक)
३. जिरी मा (सेन्चुरि कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक)
४. मैनापोखरी मा (मेगा बैंक, प्राइम कमर्सियल बैंक)
५. सिंगटी मा (सेन्चुरी कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक )
६. किर्नेटार स्थित -एनएमबि बैंक
७. बागखोर स्थित – मेगा बैंक लिमिटेड ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।