दोलखा १२ असार । गिटी बालुवा सहज आपूर्ति नभएको विरोधमा नेपाल तरुण दल दोलखाले सदरमुकाम चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ ।
भुकम्प पिडित नागरिक समस्यामा पर्दा आँखा चिम्लेर बस्ने जिल्ला समन्वय समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी लगायतलाई दबाब दिन तरुण दल दोलखाले मंगलबार सदरमुकाम चरिकोटमा एकघण्टा चक्का जाम गरेको हो ।
तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले भने भुकम्पपीडितहरुलाई पर्न गएको असुविधाको विरोधमा हाम्रो चक्का जाम हो । उनले भने चाँढोभन्दा चाँढो भुकम्प पीडितहरुलाई महशुस गर्ने गरी बालुका गिटीको आपूर्तिको व्यवस्था नमिलाए जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेका छौ । अध्यक्ष शेर्पा भन्छन स्थानिय प्रशासनले आइतबार गिटी बालुवा सहज आपूर्तिका विषयमा छलफल गर्ने भने र ३ दिनसम्म कुनै चासो नदिए पछि चक्काजाम जस्तो अप्रिय कार्य गर्न बाध्य हुनुपरेको हो ।
राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण दोलखाका कार्यालय प्रमुख निर्मलदर्शन आचार्यको अनुसार जेठ मसान्तसम्म दोलखाको निजी आवास पुर्न्निर्माणको काम ४४ प्रतिशत मात्र सम्पन्न भएको छ । सो अनुसार जिल्लामा अझै ५६ प्रतिशत निजी आवास पुर्न्निर्माणको काम बाँकी रहेको बताएकाछन ।
तरुण दलले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म सदरमुकाम चरिकोटको सातदोबाटोमा एक घण्टा चक्का जाम गरेको छ ।