धर्तीमा नरहेपनि परिक्षा उत्रिर्ण गरिन्

 पब्लिक संवाददाता      आइतवार, असार १०, २०७५      0

दोलखा १० असार । सुस्मिता श्रेष्ठ यो धर्तीमा नरहेपनि उनले हासिल गरेको शैक्षिक उपलब्धि सार्वाजानिक भएको छ ।
एसईई परिक्षामा ०१७१४७३ सी सिम्बल नम्बर भएकी श्रेष्ठले २ दशमवल ५० जिपिए अंक ल्याई उत्रिर्ण भएको दोलखा सदरमुकाम चरिकोटमा रहेको जिल्लाको एक मात्र कन्या विद्यालय श्री पशुपति कन्या मन्दिर माविले जनाएको छ ।
एसईई परिक्षामा दिए पछि उनीले सुसाईट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिका ५ ओली गाउँ निवासी श्रेष्ठ एक महिना अघि झुण्डिएर सुसाईट गरेको प्रहरीले जनाएको छ ।
श्री पशुपति कन्या मन्दिर माविका सत्प्रतिशत बिद्यार्थी उत्रिर्ण भएको प्रधानाध्यापक गोविन्द नारायण मानन्धरले जानकारी दिए । उनले भने एसईई परिक्षामा २४ जना छात्रा मध्ये ए १ जना,बि पलस २ जना,बि ९ जना,सी पलस ९ जना र सी ३ जना गरि सत्प्रतिशत बिद्यार्थी उत्रिर्ण भएकाछन । बिगतका बर्षहरुमा भन्दा यस बर्ष बिदालयको शैक्षिक सुधारमा प्रगती भईरहेको उनको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।