नीति तथा कार्यक्रम सम्वृद्ध भीमेश्वरको आधारशिला भएकाे दाबि

 पब्लिक संवाददाता      शुक्रबार, असार ८, २०७५      0

दोलखा ८ असार । भीमेश्वर नगरपालिकाले तेस्रो नगरसभा मार्फत आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
वडा स्तरीय छलफलबाट प्रात्त सुझावलाई कार्यन्वयन गर्न सहयोग पुग्ने गरी कार्यक्रम तयार पारिएको जनाइएको छ ।
नगरपालिकाका उपमेयर कमला बस्नेतले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक बर्षको २०७५÷७६ मा सम्वृद्ध भीमेश्वरको बनाउने आधारशिला प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा मुलत शैक्षिक क्षेत्रको गुणस्तरमा सुधार तथा कृषि क्षेत्रको व्यवसायिकरण जोड दिएको छ ।
पर्यटन ,पुर्वधारको विकास ,रोजगारी सिर्जना र सो अनुरुपका संरचना निर्माण एवंम सार्वजनिक निजि सहकारी र सामुदायिक साझेदारी लाई जोड दिएको छ र्।
नगरपालिकाका वडाहरुलाई कलष्टर तथा पकेट क्षेत्रमा विभाजन गरी अलैची तथा किवी खेती लाई हालको १५० क्षेत्रबाट ३०० हेक्टरमा विस्तार गर्ने लक्ष्य लिएको उपमेयर कमला बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । उनले मौसमी एमंव बेमौसमी खेतीलाई थप विस्तार गर्नुको साथै १५० रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खोर्सानीको उत्पादन गर्ने मा जोड दिएकी छिन् ।
नीति तथा कार्यक्रममा अधिकांश वडाहरुमा बाँदर आतङक बढदै गएको र खाद्य सुरक्षामा गम्भिर असर पर्न गएकोले बाँदर नियन्त्रण अभियानलाई सम्बन्धित निकाय सँगको समन्वयमा संन्चालन गरी कृषकलाई राहत प्रदान गर्ने जनाइएको छ । पशु विमामा जोड दिनुको साथै कृषि बजारको व्यवस्थित रुपमा संन्चालनमा ल्याउने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।