दोलखा ६ असार । नेपाली कांग्रेस दोलखाले वालुवा, गिट्टी अभाव र चर्को मुल्यवृद्धिको मारमा परेका जिल्लावासीको समस्या समधान गर्न सरोकारवालाहरुको ध्यानकार्षण गराउदै जिल्ला प्रशासन कार्यलय दोलखालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्रेस दोलखाका सचिब सन्तोष रिमालको नेतृत्वमा गएको टोलीले भुकम्प पिडित नागरिकले घर वनाउन नस्कने अवस्था भएको र जिल्लामा विकास निर्माणका कार्यमा अवरोध भई करोडौ रकम फ्रिज हुन लागेको अवस्थालाई मध्यनजर गरी वालुवा, गिट्टीको सहज आपुर्ति गर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आचार्यलाई ज्ञापन पत्र बुझाँउँदै जिल्ला भरीका सवै क्रसरमा एउटै मूल्य निर्धारण गर्नु पर्ने, ट्रिपर भाडा घटाउनु पर्ने, क्रसर पिच्छेको भेदभाव हटाउन नेपाली कांग्रेस दोलखाले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस दोलखाले आजै जिल्ला प्रशासन कार्यालय, दोलखा र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र वुझाईको छ । नेपाली कांग्रेस , दोलखाले ३ दिन भित्र माग पूरा नगरे सशक्त आन्दोलनको तयारी थाल्ने सचिब सन्तोष रिमाले बताए ।