चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

 पब्लिक संवाददाता      बुधबार, असार ६, २०७५      0

असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

Suzuki

अनलाइनखबर

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Advertismentरेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

स्वागत गर्न आतुर छौं : ओली

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।