दोलखा ५ असार । निमार्ण सामाग्री अभाव भएको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितीको कार्यालयमा नागरिक समाज दोलखाले ध्यानार्षणपत्र बुझाएको छ ।
निर्माण सामाग्री अभावको कारण पूनर्निर्माणको काम असर परेको भन्दै ध्यानार्षण पत्र बुझाएको हो ।
पूनर्निर्माणको काममा असर परेकोले रड, सिन्मेट, गिटी बालुवा, जस्तापाता, काठ लगायतका सामाग्री सहज रुपमा उपलब्ध हुने बाताबरण बनाई दिन ध्यानार्षणपत्र बुझउन बाध्य भएको नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो । उहाँले भन्नु भयो स्थानिय प्रशासनले बालुवा गिटी उत्खन्न गर्न रोके पछि यो समस्या निम्त्याएको हो ।
रड, सिन्मेट,गिटी बालुवा, जस्तापाता,काठ लगायतका सामाग्री अभावमा दोलखाली जनतालाई राखेर समस्याको समधान हुदैन निकास निकाल्नु पर्छ मास्केले भन्नु भयोे ।
यता छिटै नै जिल्ला स्तरीय बैठक बसी सहजरुपमा दोलखाली नागरिकलाई निमार्ण सामाग्री उपलब्ध गराउने जिल्ला समन्य समितीको प्रमुख डवल पाण्डेले प्रतिबद्धता जाहेर गरेकाछन । लामासाँगु चरिकोट सडक खण्डको समस्याको तत्काल समधान गर्न सम्बन्धित निकायमा पहल गर्ने समेत पाण्डेले बताउनुभयो ।
नागरिक समाजको ध्यानार्कषणपत्र बझ्ुदै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले गृहमन्त्रालयबाट प्रकृतीक स्रोत साधनको दोहन पुरै नियान्त्रण पत्र आएकोले आफुले सोही अनुरुप काम गरेको जानकारी दिनुभयो । गृह मन्त्रालयको निर्देशन पालन गरी अबैधरुपमा बालुवा ,गिटी दोहन गर्नेलाई कावार्ही गरेको प्रहरी नावय उपरिक्षक बासुदेव पाठकले बताउनुभयो ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै बोलेरो जिप, ट्रिफर लगायतले अत्याधिक रुपमा भाडा मुल्य बढाएकोले तत्काल नियन्त्रण गर्न न आग्रह गदै नागरिक समाज दोलखाले स्थानिय तह र स्थाानिय प्रशासनमा ध्यानार्कषणपत्र बुझाएका छन ।
नागरिक समाजका अगुवा चिरञ्जीवी मास्के, कृष्ण बस्नेत, होम पाठक, शम्भु गौतम, उद्धव पोखरेल, जिवन लामा, दीपशंकर चौलागाइ,सुन्दर लामीछाने, शेरबहादुर भुजेलद्धारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएका हुन ।