दोलखा ४ असार । दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतिमा नौ हजार घुस रकम सहित ईन्जिनियर रंगेहात पक्राउ परेका छन् ।
घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ हटौंडाको टोलीले पक्राउ गरेको हो ।
पुननिमार्णका लागि खटिएका सप्तरी जिल्ला बिष्णुमति गाउँपालिका वडा नम्बर २ का सब ईन्जिनियर राम नरेश यादब नौ हजार रकम घुस सहित आज अख्तीयार दुरुपयोग अनुसन्धान आयोग हटौंडाको टोलीले पक्राउ गरेका छ
स्थानियहरुकै भनाईलाई समर्थन जनाउँदै वडा अध्यक्ष रामप्रसाद मैनालीले पनि सोझो कर्मचारीलाई नियत राखेर फसाईएको बताएका छन् । ईन्जिनियरलाई छुटाउने माग राखी दोलखा सुन्द्रावतीवासीले ३ घण्टा सडक जाम गरेका छन् ।
अख्तियारले प्रमाणसहित छापा मारेर मुचुल्का तयार गरिसके पछि केही स्थानीय जम्मा भएर उनलाई नलैजान भन्दै हल्लाखल्ला मच्चाएपछि सडक अवरुद्घ भएको हो । ईन्जिनियर यादवले भूकम्प पीडितहरुको आवास निर्माण गर्ने क्रममा मापदण्ड नपुगेका घरधनीबाट पैसा लिदै पास गर्दै गरेको र केहीको हकमा घर नै नबनी अन्य घरको फोटो देखाईदिएर पैसा लिने गरेको स्थानीयहरु बताउँछन् ।
सडक अवरोध गरेका स्थानीयबासीले भने त्यस कुराको बचाउ गर्दै ईन्जिनियर इमानदार भएकाले फसाउन खोजिएको जिकिर गरेका छन् । विवाद बढ्दै गएपछि गाउँपालिका अध्यक्ष विनकुमार थामीले सडक जाम हटाएका थिए ।
अख्तियारको टोलीमा रहेका एकअधिकारीले प्रमाणसहित समातिएकोले प्रक्रियाबाट पछि हट्न नसकिने बताएपछि जिल्लाप्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वासुदेव पाठक सहितको टोलीले जिल्लाप्रहरी कार्यालयमै छलफल गराउने भनी सबैलाई सदरमुकाम चरिकोट लगेका छन् । दोलखामा पुनर्निर्माण कार्य सुरु भैसके पछि केही ईन्जिनियरहरुले चंखु, जिरी लगायतका ठाउँहरुमा अनियमितता गरेका कुरा विगतमा पटक पटक सुनिए पनि यसपटक भने अख्तियारले पक्राउ नै गरको छ । जिल्ला प्रहरी कार्यलय दोलखा प्रहरी प्रमुख एबं डिएसपी बासुदेब पाठकको टोलीले भिड नियन्त्रण गरि यादबलाई चरिकोट ल्याएर हेटौंडा लगिएको छ ।