अलटाई होटल खुल्ला रहने भद्र सहमती

 पब्लिक संवाददाता      बिहिबार, जेष्ठ २४, २०७५      0

दोलखा २४ जेठ । पर्यटकीय नगरी चरिकोटमा रहेका होटलहरु आन्तरिक तथा बाह्य पर्यटकको सेवा लागी सबै समय खुल्ला रहने दोलखा उद्योग बाणिज्य संघले जनाएकोछ । स्थानिय प्रशासन र दोलखा उद्योग बाणिज्य संघ बिच भद्र सहमती भएको छ ।
दोलखा उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक र प्रहरी नायव उपरीक्षक श्री बासुदेव पाठकद्वय लाइ राखे स्वागत कार्यक्रममा भद्र सहमती भएको हो ।
सदरमुकाम चरिकोटका ८४ वटा घर पसल गरि चोरी हुदा सम्म प्रहरीले चोर पत्ता लगाउन नसके पछि मानसिकरुपमा सुरक्षाकर्मीको मनोवल गिरीरहेको अवस्थामा स्थानिय प्रशासनलाई सहयोग गर्न उद्योगी व्यवसायीले पनि प्रतिबद्धता जाहेर गरेकाछन ।
करिब डेढ बर्ष अघि देखी चोरीको पिडा भोगेका सदरमुकामवासीलाई स्थानिय प्रशासन र उद्योग बाणिज्य संघ बिच भद्र सहमतीले केही राहत मिल्ने छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले भने “बजारभरि सिसी क्यामारा राखी चोरी नियान्त्रण कार्य सुरु गर्ने छौ ।” सहयोगी हातहरु संग मिलि सम्वृद्ध दोलखा निर्माणको अभियानमा दोलखा उद्योग वाणिज्य संघका कदम अघि बढाउने कार्कीले जानकारी दिए ।
नागरिकमैत्री बन्न दोलखा जिल्लामा सरुवा आएका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक र प्रहरी नायव उपरीक्षक बासुदेव पाठक लाई आग्रह गरेकाछन ।
चरम आर्थिक अनियमिकताको आरोप खेपेका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की र प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा दुबैको सरुवा भएपछि दोलखाका उद्योगी ब्यवसायीहरु मुक्ति पाएको अनुभव गरिरहेकाछन । उनीहरुले बालुवा गिटी ,वन्यजन्तु देखी ,फर्निचर सम्मबाट करोडौं दोहन गरेको आरोप नागरिक समाजका अगुवाहरुले लगाएकाछन । भ्रष्चारमुक्त जिल्ला बनाउन स्थानिय प्रशासनलाई सहयोग गर्न तयार रहेको दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश बस्नेतले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।