व्यवसायीहरुको स्वास्थ्य उपचारमा लाग्यो दोलखा उद्योग बाणिज्य संघ

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २२, २०७५      0

दोलखा २२ जेठ । दोलखा उद्योग बाणिज्य संघको पहलमा आप्mना सदस्यहरुलाई उपचारका लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता सामुदायिक अस्पताल संग भएकोे छ ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बुढाथोकी बिच उपचारका सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता भएको हो ।
उद्योगी ब्यवसायीहरुको पेशागत संरक्षणका साथै जिबन रक्षाको लागी स्वास्थ्य उपचार सेवा दिन दोलखा उद्योग बाणिज्य संघको इतिहासमा नमुना योग्य कामको सुरुवात भएको अध्यक्ष कार्कीले दाबि गरे ।
कार्कीले भने “ जिबन रहे सबैथोक पाइन्छ ,त्यसैले उपचारमा आप्mना सदस्यहरुलाई निरन्तर सेवा गरि रहने छु । ”
दोलखा उद्योग बाणिज्य संघका सदस्यहरुलाई ओपिडी सेवामा सत्प्रतिशत छुट गर्ने, फार्मेसीमा ५ प्रतिशत र अन्यमा २० प्रतिशत छुट गर्ने दुई पक्ष सम्झौता भएको छ । पहिलोपटक एक बर्षको लागी सम्झौता भएको दोलखा उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य सनद थापाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।