दोलखा २२ जेठ । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा भ्रष्टाचार भएको भन्दै जिल्लावासीेले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएकाछन ।
राष्ट्रिय गौरवका आयोजना माथिल्लो तामाकोशीलाई दोलखाली जनताले कुनै अबरोध र्सिजना नगरि ९२ प्रतिशत काम सम्पन सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएपछि उनीहरुले अख्यिारमा कार्वाहीको लागी उजुदर्ता गराएका हुन ।
पटक पटक दोलखाली जनताले वर्तमान तामाकोसीको टिमले गरेका बेतिथी, अनियमितता र दोलखा जिल्लावासीलाई निश्चित गरेको १० प्रतिशतशेयर न्यायोचित वितरणको वारेमा , लागत वढेको विषयमा, समय अवधि बढेको , भ्रष्टाचार लगायतको बिषयमा ध्यानाकर्षण गराऊदा समेत कानमा तेल हालेर बसे पछि आज मिती दर्ता नं१९३४७ दुरोपयो अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएकाछन ।
अख्तियार ऊजुरी दर्ता मात्र नभई अप्पर तामाकोसलाई दोहन गरी खानेहरुको विरुद्ध सवै किसिमको आन्दोलन जारी रहेको युवा नेता बर्मा लामाले बताए ।