शिक्षकलाई चौमासिक होइन अब मासिक तलव

 पब्लिक संवाददाता      आइतवार, जेष्ठ २०, २०७५      0

दोलखा २० जेठ । चौमासिक तलव बुझ्दै आएका शिक्षकहरुले आउँदो आर्थिक बर्ष देखी मासिक तलब पाउने भएका छन ।
दोलखाको भीमेश्वर नगरपालिकामा कार्यरत शिक्षकहरुलाई मासिक तलब दिने घोषणा नगर प्रमुख भरत केसीले गरेकाछन ।
नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाको आयोजनामा भएको आन्दोलनको ज्ञापनपत्र बुभ्mदै मेयर केसीले क्वालिटिमा नो कम्प्रमाईज अरु सम्पूर्ण सेवा सुविद्या प्रदान गर्न तयार रहेको बताए । गुणस्तरिय शिक्षा हासिल गर्न गराउन शिक्षक –बिद्यार्थीलाई कुनै कुराको अपुग नपार्ने प्रतिबद्धता समेत केसीले जाहेर गरे ।
बालकक्षामा अध्यापन गराउने शिक्षक लाई बिद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बाबुनानीहरुलाई दिवा खाजाको समेत ब्यबस्था गर्ने तयारी गरिरहेको मेयर केसीले जानकारी दिए । क्रमिक रुपमा हुन्छ वा प्रथामिक तह सम्म पुरैलाई दिवा खाजामा सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेको उनले बताए ।
बिद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमामा अध्यायन गर्ने प्रथामिक तहका सबै बिधार्थीलाई ट्रयाकसुट खरिद गर्दा ३० लाख खर्च भएको समेत केसीले जानकारी दिए ।
तत्कालै भीमेश्वर नगर भित्रका १० वटा विद्यालय बिद्यार्थी संख्या अत्यन्तै न्यून रहेकोले विद्यालयमर्ज गर्ने अन्तिम तयार भएको बताउदै मेयर केसीले भने “मर्जहुदा केही शिक्षकलाई घर पायक केहीलाई टाढा पर्न सक्छ चित बुझाउनु पर्छ ।”
नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दहाल, नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका सचिव ध्रुब सापकोटा, नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका सह अध्यक्ष इन्द्रकुमार बस्नेत द्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा शिक्षकका पेशागत हक अधिकार सुरक्षित गर्दै शैक्षिक गतिबिधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँद्धे मागहरु पेश गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।