
दोलखा १६ जेठ । जेसिस दोलखाले तिन जना उपाध्याक्षहरुलाई सम्मान गरेको छ ।
बिपि अध्ययन प्रतिष्ठान दोलखाका अध्यक्ष जस्तो गरिमामय पदमा जेसिस दोलखाका उपाध्यक्ष सुन्दर कार्की मनोनित भएको , नेपाल ट्रेड युनियन ३ नं प्रदेशको सहसचिव जेसिस दोलखाका उपाध्यक्ष उर्मिला कार्की निर्वाचित र सामुदायिक बन महासंघ भिमेश्वर नगरपालिकाको कोषध्यक्षमा जेसिस दोलखाका उपाध्यक्ष राजन बस्नेत मनोनित भएकोले जेसिस दोलखाले सम्मानित गरेको हो ।
संस्थाले आफ्ना उपाध्यक्षहरुको काम र प्रतिभालाइ उच्च मुल्याङकन गर्दै सम्मान गरेको जेसिस दोलखाका अध्यक्ष बिमल आचार्यले बताए ।
नेपाल जेसिजका जुनियर जेसिज कोअडिनेटर दिपक रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाज दोलखाका अध्यक्ष दीपशङकर चौलागाईं , तामाकोसी गाउँपालिका वडा न १ भिरकोटका वडाध्यक्ष महेश्वर काफ्ले , जेसिज दोलखाका महासचिव सुजन काफ्लेलगायतले कार्यकालको शुकामना तथा बधाई मन्तव्य राखेका थिए ।
कार्यक्रम जेसिज दोलखाका पदम पाठकको अध्यक्षतामा सम्मपन्न भएको थियो ।