दोलखा १४ जेठ । दोलखा जिल्लालाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने उदेश्यका साथ भीमेश्वर नगरपालिकाले शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सव गर्न भएको छ ।
बिद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सहयोग गर्ने उदेश्यका साथ यही १७, १८ र १९ मा शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सवको गर्न लागेकोहो ।
शिक्षाका सफल स्रष्टाहरुलाई दोलखामा उपस्थित गराई शैक्षिक सुधारमा आवश्यक सल्लाह एवम सुझाव लिई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न आयोजित महोत्सवको तयारी पुरा गरेको पत्रकार सम्मेलन गर्दै भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले बताए।
बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रष्फुन गर्न प्रोत्साहान गर्ने बिद्यालय स्तरिय शैक्षिक सामग्री प्रदर्शन,सास्कृतीक कार्यक्रम,पुस्तक प्रदर्शन, विज्ञान प्राविधि सम्बन्धी सामाम्री प्रदर्शन,शैक्षिक श्रव्यदृब्यको प्रदर्शन, सफल स्रष्टाहरुको शैक्षिक प्रवचन,ऐतिहासीक शैक्षिक सामग्री प्रदर्शन जस्ता कार्यक्रम रहेको मेयर केसीले जानकारी दिए उनले भने “दोलखा जिल्लामा जन्मेर विधावारिधि (पीएचडी) गर्ने ४६ जनालाई सम्मान गर्ने कार्यक्रम तयार गरेका छौ । ”
उपमेयर कमला बस्नेतले भनिन् “ शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सव ५० वटा स्टल रहेनेछ,त्यसमा शैक्षिक सामाग्रीका साथै जिल्लामा उत्पादीत हस्तकला तथा अन्य घरेलु सामग्रीहरुको प्रदर्शनी गरिनेछ । ”व्यवसायिक शिक्षामा जोड दिने उदेश्यले शैक्षिक महोत्सव गरिएको बस्नेत बताईन ।
शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय शिक्षा दोलखाको शान भन्ने मुल नाराका साथ गर्न लागेको महोत्सवको स्काउटले स्वयसेवकको जिम्मेवारी लिएको समेत पत्रकार सम्मेलनमा जनाईएको छ ।