दोलखा ११ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय कार्य समितीका अध्यक्ष गणेश कार्कीले बन संरक्षणको कारण मुलुकमा ४० प्रतिशत जमिनबाट बढेर ४५ प्रतिशत पुगेको बताए ।कार्कीले दिगोवन ब्यवस्थापन गर्नका लागी महासंघ कोशेढुङा सावित भएको दाबि गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ भीमेश्वर नगरको प्रथम अधिवेशनको उद्घाटन गर्दै सो बताएका हुन ।
अधिवेशनले ज्ञानेन्द्र प्रधानको अध्यक्षतामा १७ सदशीय कार्यसमिती चयन गरेको छ । नगरको सामुदायिक उपभोक्ताहरुको वनहरुको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ उपाध्यक्षमा लक्ष्मी थामी ,सचिवमा अनिता थापा,सहसचिव ज्ञान बहादुर तमाङ र कोषध्यक्षमा राजन बस्नेत चयन भएकाछन ।
त्यसैगरि कार्यसमिती सदस्यहरुमा राजकुमार तमाङ,भुपेन्द्र रेग्मी,कान्छि भुजेल,इन्द्रलाल श्रेष्ठ, सहदेव खड्का ,कुमार बस्नेत, सन्तोषी तमाङ,मित्रलक्ष्मी केसी, लिला श्रेष्ठ, साँगोदोर्जे शेर्पा, सरीता थापा सर्वसम्वतरुपमा निर्वाचित भएकाछन ।
सो कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत केसी,उपमेयर कमला बस्नेत,जिल्ला वन अधिकृत गोबिन्द दहाल , सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय कार्य समितीका सदस्य भोला खतिवडा,इलाका बन कार्यालय चरिकोटकी इन्चार्ज बिन्दा जोशी,सहायक बन अधिकृत सुरेन्द्र पौड्याल, सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका पूर्व अध्यक्षहरु हरिहर न्यौपाने,उदव पोखरेल,सिता केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।