चित्रकला तथा फोटो प्रदर्शनी सुरु

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ १, २०७५      0

दोलखा,१ जेठ ।सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखि क्यापसमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु भएको छ ।
चित्रकला तथा फोटो प्रदर्शनीले बिद्यार्थीलाई हाम्रो समाज भएका नदि नाला तथा खोलाहरु कसरी जोगाउने भन्ने बिषयमा प्रेरणा दिने छ ।
चित्रकला तथा फोटो प्रदर्शनी २ गते सम्म चल्ने गौरीशंकर क्यापसका क्यापस प्रमुख शान्त केसीले बताए । रिभरस अफ द वल्र्ड नामक संस्थाले चित्रकला तथा फोटो प्रदर्शनी गौरीशंकर बहुमुखी क्यापस चरिकोटमा गरेको हो ।
यसलाई ब्रिटिस काउन्सीलको आर्थिक सहयोगमा एआर आई युडि आईडि ले संयोजन गरेको चित्रकार कैलास कुमार श्रेष्ठले बताए । प्रर्दशनीकोे भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले चित्रकला तथा फोटो सम्बन्धी धारण राखेका थिए ।
रिभरस अफ द वल्र्ड नामक संस्थाले क्यापसहरुमा गरिने रचनात्मक कार्यहरुले बिद्यार्थीको शैक्षिक तथा अन्य क्षेत्रको बिकास हुने दाबि गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।