तरुणदल दोलखाको खबरदारी बेथितिमा काम गर्न दिंदैनौ

 पब्लिक संवाददाता      सोमवार, बैशाख ३१, २०७५      0

दोलखा । स्थानीय तहको निर्वाचन भएर एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरुले उल्लेखनिय काम गर्न नसकेको भन्दै तरुण दल दोलखाले सातैवटा स्थानियतहका कार्यलय घेराउ गरेको छ । स्थानीय तहका काम कार्बाही विरुद्ध सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टे धर्ना सहितको घेराउ कार्यक्रम गरेका हुन।
स्थानीय तहलाई शुसासन कायम गराई भरपर्दो सेवा प्रवाह गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरेको अध्यक्ष दावासांगे शेर्पाले जानकारी दिए । स्थानीय तहको काम कार्बाही नागरिक मैत्री नरहेकाले पहिलो चरणमा जनप्रतिनिधिहरुलाई सचेत गराउन १ घण्टे धर्ना सहितको कार्यलय घेराउ र ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेको अध्यक्ष शेर्पाले प्रष्ट पारे।
केही जनप्रतिनिधिहरुले राष्ट्रिय महत्वका आयोजनाहरु लामोसाँघु चरिकोट सडक, मुडेमेलुङ सडक र केही जलविद्युत आयोजनाहरुलाई व्यवस्थापन गर्नुको साटो उल्टै दोहन गरेको तरुण दल दोलखाका उपाध्यक्ष बिदुर कार्कीले आरोप लगाएका छन । एक वर्षसम्म जिल्लाको विकास निर्माण अस्त ब्यस्त भएको, जनप्रतिनिधि आफैं हेबि इक्यिुपमेन्ट प्रयोग गरेर प्राकृतिक स्रोतको दोहनमा लागेको, तोकिएको समयअवधिसम्म उल्लेखित विकास बजेट खर्च गर्न नसकेको, ऐन कानुन विपरित ब्यक्तिगत स्वार्थमा स्थानीय तह सञ्चालन गरेको तरुणदल दोलखाको आरोप छ । गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगरपालिकाका मेयर भरत बहादुर केसीले आफ्नो नगरपालिकामा ९ वटा वाडा रहेको र कोहि कुनैपनि जनप्रतिनिधिको डोजर,स्काभेटर लगाएतका हेभि मेसिन नभएकोले मनलागी ढंगले प्राकृतिक स्रोत साधनको दुरुपयोग नभएको प्रष्ट पारे । दोलखा जिल्लाको इज्जत पनि भीमेश्वर नगरपालिकाले नै ढाक्नुपर्ने भएकाले विकास निर्माणमा आफू इमानदारीका साथ लागेकाले सबैले सहयोग गर्नुपर्ने केसीले बताए ।
टुडिखेल, कवर्ड हल, माउन्टेन फ्लाइटका लागि एयरपोर्ट,सडक पेटी लगाएतका काम अघि बढी सकेको छ । केसीले लामोसाँगु चरिकोट सडक र जलविद्युत आयोजनाहरु स्थानीय सरकारको मताहतमा नपर्ने भएकाले ठुलठुला विकास निर्माणमा समस्या परेको र त्यस्को समाधानका लागि केन्द्रमा पहल भएको उनले बताए ।
भीमेश्वर नगरपालिकासंसै जिल्लाका अन्य जिल्लाका ८ वटा स्थानीय तहमा पनि तरुण दल दोलखाका पदाधिकारीहरुको संयोजकत्वमा धर्नाका साथै ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहहरुमा घेराउ सहितको धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु नै परिचालन गरेका छन्।
उपाध्यक्ष चित्र कुमार तामाङको नेतृत्वमा तामाकोसी गाउँपालिका,अर्का उपाध्यक्ष गणेश विक्रम शाहीको नेतृत्वमा शैलुङ गाउँपालिका, उपाध्यक्ष विदुर कार्कीको नेतृत्वमा विगु गाउँपालिका, त्यसैगरी उपसचिब विकास खड्काको नेतृत्वमा कालिञ्चोक गाउँपालिका, सचिब देबेन्द्र अर्यालको नेतृत्वमा जिरी नगरपालिका, अर्का सचिव चित्र प्रसाद दाहालको नेतृत्वमा मेलुङ गाउँ पालिका, क्षेत्रीय सभापति ङावा शेर्पाको नेतृत्वमा गौरीशंकर गाउँपालिका र नेता प्रेम ढुंगेलको नेतृत्वमा बैत्यश्वर गाउँपालिकामा धर्ना तथा ज्ञापनपत्र बुझाएको तरुण दल दोलखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।