जिरी (दोलखा ) ३१ बैशाख । दोलखाको जिरी नगरपालिका स्थित एक भेनियर उद्योगमा आगलागि हुँदा लाखौँको क्षति भएको छ ।
जिरी नगरपालिका वडा नम्वर ७ खावास्थित बैशाखेश्वरी भेनियर उद्योगमा आगलागि हुँदा लाखौँको क्षति भएको हो ।
आगलागिबाट भेनियर पत्ता निकाल्ने सहित अन्य मेसिन, चिरान गरि राखिएको करिव ३ हजार क्युफिट काठ जलेर नष्ट हुँदा करिव ९० लाख बराबरको क्षति भएको उद्योगका प्रोपाईटर मोहनकुमार खड्काले जानकारी दिए । आगलागिबाट घर निर्माणका लागि चिरान गरि राखिएको स्थानीय भूकम्प पीडितहरुको काठ समेत जलेको छ उनले बताए । काठ चिरानको मेसिन भने अलि टाढा रहेकाले जोगिएपनि अन्य सबै मेसिनरी सामान र चिरान गरिएको काठ जलेर नष्ट भएको प्रोपाईटर खड्काले बताए ।
फर्निचरमा मध्यराति चट्याङपछि विद्युत सर्ट भएर आगलागि भएको आशंका गरिएको छ । मध्यराति १२ बजेबाट सुरु भएको आगो आज बिहान ३ बजे मात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले पनि आगलागिको पुष्टी गर्दै करिव ८०र९० लाख बराबरको क्षति भएको बताएको छ । सो उद्योगमा करिव १५ जना व्यवसायीको डेढ करोड बराबरको लगानी रहेको थियो ।
दीपशंकर चौलागाई ÷दोलखा