रामेछाप । मन्थली नगरपालिका स्थित रणजोर खोलामा आएको बाढीले एक जना छात्रा बगाएर बेपत्ता पारेको छ ।
रामेछापमा रातभरिको वर्षापछि आएको बाढीले बगाउँदा कक्षा ११ को परिक्षा दिन हिँडेकी १७ वर्षीया उस्मा फुँयाल वेपत्ता भएकी हुन् ।।
खोलाले बगाएर उनका साथीहरु मन्थली नगरपालिका १ की अन्दाजी १७ वर्षीया अनिसा पाण्डे, सोही स्थानकी निशा शाह र जानुका बुढाथोकी घाईते भएको रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिएकाछन । घाईतेहरुको मन्थली सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
मन्थली नगरपालिकाको भटौलीस्थित रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा परीक्षा दिन जान लागेका मन्थली माविका परिक्षार्थीहरुलाई रणजोर खोलामा आएको बाढीले बगाएको हो । बिहान ६ बजे खोला तर्न लाग्दा एक्कसी आएको बाढीले बगाएको बताईएको छ । रणजोर खोलाको बाढीले बगाएका अन्यको उद्धार गरिएपनि फुँयाललाई भने नजिकै रहेको तामाकोशी नदीमा पु¥याएकाले फेला पार्न नसकिएको प्रहरी निरिक्षक थापाले बताए । वेपत्ता फुयाँलकोे खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।वर्षाका कारण मन्थलीस्थित बसपार्क तथा बजार क्षेत्रका घरहरुमा समेत पानी पसेपनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।