दोलखा २५ बैशाख । प्रदेश सरकारले गर्ने काम स्पष्ट नभएकोले जनपक्षिय निति ,नियम निमार्णका लागी सुझाव संकलन गर्न जिल्ला दौडाहामा लागेको ३ नं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए ।
कसैले नकोरेको सफा सेतो कागजमा चित्र बनाउने अवसर पाएकोले जनपक्षिय स्पष्ट योजना बनाइ मुलुकको सम्वृद्धीका लागी अरु प्रदेशले समेत अनुशरण गर्न लायक कानुन बनाउने जिल्ला दौडाहामा लागेको मन्त्रि नेपाल धारण व्यक्त गरे ।
दोलखा सदरमुकाम चरिकोटमा नेपाल पत्रकार महासंघ दोलखा द्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि नेपालले सुन्दर पर्यटकीय नगरी दोलखा जिल्लालाई पर्यटन हवका रुपमा विकास गर्ने आप्mनो सरकारले कुनै तुक बाँकी नराख्ने समेत बताए ।
भवन निर्माण अभियानको प्रस्ताव पत्र बुझाए लगतै नेपाल पत्रकार महासंघ दोलखाले बनाउन लागेको महासंघको भवन पुरा गर्न अरु मन्त्रिहरु संग समेत समन्वय गरि सहयोग गर्ने बचन मन्त्रिले दिएकाछन ।
पूर्विय पहाडी जिल्ला दोलखामा आई पुगेका मन्त्रि नेपालले साविक जनकपुर अञ्चलकै जेष्ठ श्री क्षमावती माध्यामिक विद्यालयको ७० औ स्थापना दिवसमा समेत सरकि भएका थिए । २००५ साल बैशाख २५ मा स्थापना भएको यस बिद्यालयलाई सीटीभिटी संग कनेक्सन गराई प्राविधिक शिक्षालय समेत बनाउन प्रदेश सरकार लागी पर्ने मन्त्रि नेपालले प्रतिबद्धता जाहेर गरे ।
दोलखा जिल्लाको कार्यक्रम सकि मंगलबारै मन्त्रि नेपाल सिन्धुली लागेकाछन । उनी जिल्ला दौडाहामा अहेरात्र खटिरहेकाछन ।