दीपशंकर चौलागाई
दोलखा । चौथो क्रान्ति या रचनात्मक जनक्रान्तिको सपना बाक्नेहरु नेकपा मालेमा अटाउन नसक्ने महशुस गर्दै दुई जना केन्द्रीय सदस्यहरुले पार्टीबाटै राजिनामा दिएकाछन । मालेमा बसेर चौथो क्रान्ति या रचनात्मक जनक्रान्तिको सपना देख्नु दिवा सपना मात्र रहेछ उनीहरुको ठहर छ ।
केन्द्रिय सदस्य बद्रीकुमार चौलागाई र टिकाराम दियालीले संयुक्तरुपमा पार्टीबाट राजिनामा दिएकाहुन ।
श्रमजिवी सर्वहारा वर्गको निम्ति केही गर्न नचाहने, राष्ट्रियताका रक्षक बहुजातीय श्रमजीवी सर्वहारा जनता नभएर सामन्ती राजा महाराजा हुन् भन्ने मनोविज्ञान बोक्ने, सङ्गठन भित्र एकपक्षीय, अरुको पोल सुन्ने, साथीहरुसँग मिलेर काम गर्न नचाहने, समुहमा अरुको कुरा स्वीकार गरेजस्तो गरे पनि पछि पुरानै कुरा र आदत दोहोर्याउने, फरकमत राख्नेहरुसँग मिलेर काम गर्न नचाहने÷नसक्ने पार्टीको नेतृत्वजिबन पर्यान्त अघि नबढ्ने उनीहरुले राजिनामा पत्रमा उल्लेख गरेका छन ।
केन्द्रिय अध्यक्ष सीपी मैनाली आफू बदलिने र साथीहरुलाई पनि बदल्ने भन्दा ससानो कुरामा समेत बदलाभावबाट पिरोल्लिइरहने, सानो झुण्डमा रमाउने रजौटा मनोबृत्तिको आत्मकेन्द्रित सामन्ती ब्यक्तीवादले ग्रसित, आर्थिक रुपमा चरम अपारदर्शी, समग्रमा कम्युनिष्ट आन्दोलनमा एक छुट्टै प्रवृत्तिको रुपमा विकसित भएकोले राजिनादिन बाध्यभएको उनीहरले बताएकाछन ।
मैनालीको नेतृत्वबाट चौथो क्रान्ति या रचनात्मक जनक्रान्तिको सपना देख्नु दिवा सपनामा जीवन वर्वाद गर्नु सिवाय केही नहुने निश्चित भएको राजिनामा पत्रमा उल्लेख छ ।
रचनात्मक जनक्रान्तिको लागि पार्टीमा लामो समयदेखि वहसको उठान गरेवापत पीवीएम कमरेड रेशम राजश्वराज रिमाल ‘नवीन’ माथि हठात कार्वाहीको नोकरशाही वक्तब्य जारी गरिनुले यसको पुष्टिमात्र गर्दैन, सीपी कस्तो पार्टी बनाउन चाहन्छन् भन्ने समेत सबैलाई स्पष्ट भएको छ संयुक्तरुपमा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरेकाछन ।
विश्वस्तरमा विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति बनेको, भूमण्डलीकृत पुँजीवाद र त्यसको सेवक दलाल राज्यसंयन्त्रको कारण उत्पीडित मुलुकमा राष्ट्रिय पुँजीपतिवर्गको पुनर्उत्थान असम्भव रहेको, मध्यम वर्गको अस्तित्व समेत सङकटमा रहेको तथा स्वतन्त्र श्रमजीवी सर्वहारा वर्गको तीब्र विस्तार हुदैगएको परिवेशमा रचनात्मक ढङ्गले वैज्ञानिक समाजवादी क्रान्तिको कार्यक्रम निर्विकल्प रहेको ठहर गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको गठन अभियानमा सामेल हुन समेत उनहिरले अपिल गरेकाछन ।
नेकपा (माले) ले देश र जनताको लागि कुनै पनि दायित्व पुरा गर्न नसक्ने निश्कर्ष सहित दुई केन्द्रीय सदस्यहरुले पार्टीको साधरण सदस्य समेत परित्याग गर्दै सामुहिक राजिनामा दिएको हुन ।