जग्गा फिर्ता गराई एयरपोर्ट संचालनमा ल्याउने छु ः पर्यटन मन्त्री

 पब्लिक संवाददाता      बुधबार, बैशाख १९, २०७५      0

दोलखा । पशु विकास फार्म जिरीका नाममा रहेको जग्गा मन्त्रीपरिषद् बाट निर्णय गराइ एयरपोर्टको संचालनमा ल्याउने जग्गा फिर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएकाछन ।
पशु विकास फार्म जिरीका प्रमुख र नापीमा सहभागीहरुको मिलेमतोमा एयरपोर्टको जग्गा अनधिकृत रुपमा पशुविकास फार्मको नाममा दर्ता गरिएकोले जग्गा फिर्ता गराई एयरपोर्टको संचालनमा ल्याउन प्रतिबद्धता जाहेर गरेकाछन ।
लामो समयदेखि बन्द रहेको एयरपोर्ट निरीक्षण गर्न दोलखाको जिरी नगरपालिका पुगेका पर्यटन मन्त्री अधिकारीले मन्त्रिपरिषद्को बैठकबाट जग्गा फिर्ता गराउने नागरिकलाई आश्वसन दिएकाछन ।
जिरि नगरपालिकाका मेयर टंक जिरेलले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यू सकरात्मक भएकोले जग्गा फिर्ता पाउछौ भन्ने आशा छ । जिरेल भन्छन नापीभन्दा अघिसम्म एयरपोर्टको जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) कै नाममा थियो । नापीको बेला क्यानको कोही प्रतिनिधि नभएपछि पशुविकास फार्मको नाममा जग्गा दर्ता गराएको हो ।
२०४० सालबाट बन्द रहेको जिरी एयरपोर्ट सञ्चालनका लागि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि पुनःसञ्चालन ल्याउने आश्वसन भने नदिएका होइन नागरिक अगुवा जनक जिरीले भने । ४ सय मिटरको रनवे रहेको जिरी एयरपोर्टमा २०० मिटर थपेर ६ सय मिटरको बनाउन सकिने अवस्था रहेको छ् ।
जिरीबाट माउन्टेन फ्लाइटको लागि छोटो र सस्तो हुने छ । जिरीको मौसम सधैं सफा हुने भएकोले पनि माउन्टेन फ्लाइटनको लागि उपयुक्त एयरपोर्ट हुन सक्ने छ । एयरपोर्टलाई ग्राभेल गर्न सके १२ महिना सञ्चालन गर्न सकिन्छ ।
यता बुधबारै फिल्म नगरी नजिक रहेको भीमेश्वर नगरपालिका–९, लाकुरीडाँडाको खरिढुङ्गस्थित सुर्के माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्वोदन गर्दै मन्त्री अधिकारीले पोखरा त यसै फिल्म नगरी छ, दोलखामा फिल्म नगरी बनाउने सरकारले खेल्नु पर्ने भूमिका निभाउन तयार रहेको बताए ।
आम बिनासकारी भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको विद्यालयलाई एसओएस बालग्रामले रु. ७ करोड ९४ लाख ४२ हजारमा नयाँ निर्माण गरेको थियो । मन्त्री अधिकारीले विद्यालय व्यवस्थापन समितिलाई नवनिर्मित २० कोठे भवनको चावी हस्तान्तरण गरेका थिए । विद्यालयमा छेकबारदेखि शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय, फर्निचर र विभिन्न पुस्तकहरु हस्तान्तरण गरिएका छ ।
एसओएस बालग्रामले नै लाकुरीडाँडाका भुकम्प प्रभावितहरुका लागि निर्माण गरिदिएको ३ ओटा घर हस्तान्तरण गरिएको छ । कूल १०७ ओटा मध्ये १०४ ओटा घर र एउटा सामुदायिक भवन (गुम्बा) निर्माणाधिन अवस्थामा रहेको बालग्रामले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।