धादीङ्ग १७ बैशाख । नेपाली शिक्षकहरु यतिखेर आसीयुमा रहेका छन उपचारको लागी आन्दोलनको आँधिबेरी र्सजना गर्न शिक्षकका पेशागत संगठनहरु तयार रहेको नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समितीका अध्यक्ष राजेन्द्रराज पौड्याले बताएकाछन ।
सरकारले वार्ता गरि तत्काल समस्या समधान गर्न तर्फ नलागेशिक्षकहरुको उपचारको लागी आवश्यक आन्दोलनको आँधिवेरी ल्याउने पौड्यालले बताएका हुन ।
धादीङ्ग बेंसीमा नेपाल शिक्षक संघ जिल्ला समिती धादीङ्ग द्धारा आयोजित कार्यक्रममा ३ नं प्रदेशका शिक्षकहरुको भेलालाई सम्बोधन गदै राष्ट्रिय कार्य समितीका अध्यक्ष पौड्याले कानुनी राज्यको खिल्ली उठाउदै स्थानिय निकायले शिक्षक सरुवा बढुवा र नियुक्ती जस्ता कार्य तत्काल रोक्न समेत चेतावानी दिए उनको भनाई थियो ।
स्थानिय निकायलाई कानुन मिचेर मुलुकमा अराजक फैलाउने अधिकार कसैले नदिएको नेपाल शिक्षक संघ ३ नं प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले बताए । लोकतन्त्रबादी शिक्षकहरुको मात्र नभई आमनेपाली शिक्षकको नेतृत्व गरि शिक्षक माथि तेर्साएका बाण उल्टो फर्काई समाप्त पार्ने क्षमता नेपाल शिक्षकसंघको रहेको आक्रमक हुदै तिमल्सिनाले बताए । मुलुकका गुरुहरुमाथि पहिलो निशानी बनाउदै गरेका कार्य कसैको पनि सिद्ध नहुने उनको भनाई थियो ।
नेपाल शिक्षक संघ जिल्ला समिती धादीङ्गका अध्यक्ष बिष्णु प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमका सहभागीहरुले सिद्धलेक गाउँपालिकाले कानुन मिच्दै राजपत्र जारी गरि गाउँपालिका २३ जना शिक्षकको सुरुवाको तयारी गरिहेको र पत्र छिटै आउने भन्दै वडा अध्यक्षहरुले शिक्षकलाई मानशिकरुपमा तनाव दिएको बताएकाछन । नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समितीका पदाधिकारीहरुलाई नेपाल शिक्षक संघ ३ नं प्रदेशका र जिल्लाले बधाई तथा सम्मान समेत गरेको छ ।