
दोलखाली चेली अनिषा बुढाथोकीको आजभोली नामक गित एल्वम दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमको बिच बिमोचन भएकोछ । नेपाली गित संगितको क्षेत्रका सर्जक केशव राज चौलागाईले गिती एल्वमको कम्प्यूटरमा क्लिक गर्दै बिमोचन गरेका छन ।
बिलक्षण प्रतिभाकी धनी बुढाथोकीको मर्मस्पशी गितको चर्चा गदै चौलागाईले दोलखाले गित संगितको क्षेत्रमा उज्जवल नेक्षत्रका भएकी छोरी जन्माएको बताएकाछन । आधुनिक युगमा युवाजगतको लागी यस गितले कोशेढुङा सावित हुने उनले दाबि गरेकाछन ।गायिका बुढाथोकी कालिञ्चोक गाउँपालिका २ बाबरे निवासी हुन ।
भिमेश्वर नगरपालिका ६ का बद्रीजंग थापा ,मैनापोखरी निवासी सुयासी कार्की,शैलुङगाउँपालिका बिजय श्रेष्ठ मेलुङ गाउँपालिका २ घ्याङसुकाठोर निवासी सुम्निमा कार्की र गायक अनिषा बुढाथोकीको मोडलिङ रहेको सो गिती एल्वम गित संगितको क्षेत्रमा अत्यन्तै उत्कृष्ठ रहेका सर्वत्र चर्चापरिचर्चा हुन थालेको छ ।
बरिष्ठ निर्देशक हरि केसी द्धारा निर्देशीत आजभोली नामक गित एल्वमको ईश्वर वल्व उप्रतीले भिडियोलाईज गरेका छन । सो एल्वमको गित भीनपा ५ का राज श्रेष्ठले लेखेकाछन ।
बिमोचन कार्यक्रममा बरिष्ठ साहित्यकार एवम गजलकार जित कार्की ,गौरिशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी र संचारकर्मी दीपशंकर चौलागाईले आजभोली नामक गित एल्वमले गित संगीत र साहित्यको क्षेत्रमा दोलखा जिल्ला चिनाउने स्वार्णीम बस्तु हुने बताएकाछन ।
गीतको भिडियो हेर्नुहोस…..