
दीपशंकर चौलागाई
दोलखा ७ चैत । भुकम्पमा परि अभिभावक गुमाएका बालबालिकाहरु लाई हिमालयन अर्थकुईक प्रिपिएरनेस सेन्टर नामक समाजिक संस्थाले एसईई उत्रिर्ण सम्म बार्षिक जनही २० हजार प्रदान गर्ने भएकोछ ।
कालिञ्चोक गाउँपालिकामा रहेका बिद्यालयमा अध्यानरत गरिब,जहेन्दार र भुकम्पमा परि अभिभावक गुमाएका जम्मा १५ जना बालबालिकाहरु बिगत दुइ बर्ष अघि देखी संस्थाले बार्षिक जनही २० हजार प्रदान गर्दै आएको छ ।
हिमालयन अर्थकुईक प्रिपिएरनेस सेन्टरले पहिलो पटक १५ जनालाई ,दोस्रोपटक ८ जनालाई र यसपटक ६ जनालाई जनही २० हजार प्रदान गरेको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद शिवाकोटी भने “भुकम्पमा परि अभिभावक गुमाएका कालिञ्चोक गाउँपालिका को लापीलाङ स्थित भगवती आधारभूत विद्यालयको कक्षा ९ अध्यानरत गंगा कार्की र कक्षा ८ मा अध्यानरत जमुना कार्की र जनआधारभुत बिद्यालयको कक्षा ७ मा अध्यानरत विपिन बस्नेत, सुर्योदय आधारभुत बिद्यालयका कक्षा ४ मा अध्यानरत मनोज आचार्यलाई २० हजारको दरले नगद हस्तान्तरण गरेकाछौ । ”
“यि बालबालिकाहरुलाई एसईई उत्रिर्ण सम्म बार्षिक जनही २० हजार प्रदान गरिरहने छौं” शिवाकोटीले भने गरिब तथा जेहेन्दार विद्यार्थी कालिनाग उच्च माविको कक्षा ४मा अध्यानरत हितेष शिवाकोटी र सोही बिद्यालयको कक्षा ९ मा अध्यानरत कुशल सेढाईलाई १० ÷१० हजार प्रदान गरेका छौ । उनीहरुलाई पनि एसईई उत्रिर्ण सम्म बार्षिक दस हजार गर्ने शिवाकोटीले प्रतिबद्धता जाहेर गरे ।
आगामी दिनमा कालिञ्चोक गाउँपालिकालाई पलाष्टीक मुक्त क्षेत्र बनाउन सरकारी निकाय संग सहकार्य गदै काम गर्ने योजना रहेको हिमालयन अर्थकुईक प्रिपिएरनेस सेन्टरका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
दोलखाको कालिञ्चोक गाउँपालिको सुनखानी डाँडाथोकमा आमा राधिका र बाबु चन्द्रप्रसाद शिवाकोटीको कोखबाट जन्मिए संस्थाका अध्यक्ष कृष्ण प्रसाद शिवाकोटीले आफुले सकेको सहयोग पहिला कालिञ्चोक गाउँपालिकालाई गर्दै क्रमश जिल्ला भर सहयोग गर्ने लक्ष्य रहेको समेत बताए ।