तामाकोशी आयोजनाको काम समयमा सम्पन्न गर्न कांगे्रस दोलखाको दबाब

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ६, २०७५      0

दोलखा ।बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाको लागत र समयतालिका बढेपछि प्रतिनिधि सभाका सदस्य माननीय जिपछिरिङ शेर्पाले समयमा आयोजना काम पुरा गर्न निर्देशन दिएकाछन ।
खाडिचउर चरिकोट सडकको दुरअवस्थाले तामाकोसी आयोजना पछि धकेलिदैनु हुन भन्दै आयोजनाका अधिकारहिरुलाई निर्देशन दिएकाहुन । “एक थान रोलर,एक थान ग्रेडर,एक थान पानी ट्याङ्की र दुई थान ट्रिपरले सडक दैनिक रुपमा चिल्याएर भएपनि सामान पास गराउनुपर्छ“ सांसद लामाले भने। २०÷२५ लाखको खर्चले खर्बौ रुपैयाँ बच्ने र आयोजना पनि समयमा नै बन्ने भएकाले आयोजनालाई तत्काल सो काम गर्न निर्देश समेत दिएका छन्।
३५ अर्व २९ करोड लागत अनुमान गरिएको माथिल्लो तामाकोसी आयोजनाको लागतमा भारी वृद्धि र समय निकै लम्विएपछि लामा आयोजनाको निरीक्षण गर्न बिहिबार आयोजना स्थल गोँगर पुगेका हुन।
गोगर स्थित मुख्य कार्यालयमा तामाकोसीका कर्मचारीहरुसंग आयोजनाको प्रगतिविवरण बुझेपछि लामाले खाडिचउर देखि चरिकोट सम्मको बाटो बनाएरै भएपनि आयोजनाको काम समयमै सकाउनु नेपाली कांगे्रस दोलखाको टिमले सुझाव दिएका हो ।अब कुनैपनि वाहानामा आयोजना पछि धकेलिनु नहुने टोलीको निष्कर्ष रहेको छ । आयोजनाको हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको छ।
सांसद लामा समक्ष प्रगति र खर्च विवरण प्रस्तुत गर्दै इलेक्ट्रिकल महाशाखा प्रमुख पुर्ण गोपाल रन्जितले हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको र ३७ अर्व ७१ करोड खर्च भएको जानकारी गराएका थिए ।आयोजनाको प्रगति प्रस्तुत गर्ने क्रममा रन्जितले बिदेशी मुद्राको सटही व्यवस्था असहज हुँदा परामर्शदाता र निर्माण कम्पनिलाई भुक्तानि दिन समस्या भएको गुनासो गरेका थिए ।
नेपाली कांग्रेसका सभापति रुद्र बहादुर खड्का, पूर्व पार्टी सभापति उद्धव राज काप्mले, नेता केशव चौलागाई ,पार्टी सचीव सन्तोष रिमाल,क्षेत्रीय सभापति जयराम श्रेष्ठ,महासमिती सदस्य बाबुकाजी बस्नेत, कोषाध्यक्ष कृष्णगोपाल केसी, नेपाली कांग्रेसका बिगु गाउपालिका प्रमुख युधिष्ठीर खड्का, जिल्ला कार्यसमिती सदस्य बालकृष्ण शिवाकोटी, लोकशंकर चौलागाई, जिल्ला कार्यसमिती सदस्य गौरब कुमार लामा, राजु लामा, नेपाल आदिवासी जनजाति महासंघका सचिब आङपासाङ शेर्पा तरुण दलका अध्यक्ष दावासांगे शेर्पा, तरुण दल उपाध्यक्ष बिदुर कार्की, गौरीशंकर गाउपालिका वडा न ४ का वडाध्यक्ष प्रलाद कार्की, नेपाली कांग्रेसका नेताहरु प्रदिप मानन्धर,शान्तकृष्ण श्रेष्ठ लगाएका टोलीले गाेंगर हुँदै आयोजनको बाध स्थल लामाबगर पुगी आयोजनाको गतिविधि अध्ययन अवलोकन गरेकाका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।