दोलखा कांगे्रसको चुनौती र आवश्यकता

 पब्लिक संवाददाता      बिहिबार, बैशाख ६, २०७५      0

दोलखा  । नेपाली कांगे्रस दोलखाको संगठन मजवुत बनाउन जिल्ला कार्यसमिती पूर्ण रुपमा बिस्तार गर्नु आवश्यकता देखिएको छ ।
जहिले सम्म पार्टी सभापति रुद्रबहादुर खड्काले जिल्ला कार्यसमितीको उपसाभपति, सचिव जस्ता गरिमामय पदमा मनोनित गर्दैनन् तब सम्म पार्टी संगठन सुदृढीकरण त परैजाओस संगठनलाई थप ठुलो क्षति पुग्नेछ ।
किन जिम्मेवारी नदिदा पार्टी हिच्कीचाई रहेको छ ? २०७२ फागुनमा जिल्ला कार्यसमिती अधिवेशन सम्पन्न भएपनि यति लामो समय आँखा चिम्लेर बस्दा दुई दुई वटा निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको स्वाभानी कार्यकर्ताहरुको आरोप छ ।
नेपाली कांगे्रसको विधानले प्रत्यक्ष निर्वाचित सदस्यहरु बाट जिल्ला कार्यसमितीको सांगाठानीक महत्व बोक्ने उपसाभपति, सचिव जस्ता पदमा मनोनयन नगरि आलटाल गरे बापत आगामी दिनमा झन संगठन खस्किने र संगठनमा लागेका युवा तरुणहरुको समेत मनोवल गिरदै जाने सम्भावना बढदै गएको आम युवाहरुले गुनोसो गर्दै आएकाछन ।
लगन कहिले जुर्छ सभापति ज्यूको यही प्रश्न पटक पटक युवाहरुले गरिरहेकाछन । किन मौन छ जिल्ला कार्यसमिती । कांगे्रस पार्टी सभापतिको मात्र होकी आम स्वाभीमानी नेता तथा कार्यकर्ताको । कार्यर्ता नभए नेता कसरी होइन्छ ? संगठन मजवुत बन्ने प्रमुख आधार नेतृत्वमा रहेको दुरगामी योजना,सवल र असल कार्यकर्ताको छनौट गरि जिम्मेवारी बाँडफाँड र सके सम्म धेरै कार्यकर्ता परिचालनमा नै भरपर्छ भन्ने कुरामा दुई मत छैन । दोलखा कांगे्रस कमजोर हुनुमा यि माथिका कुनै पनि कुराहरु नभएर हो भन्ने गुनासो आम सचेत कार्यकर्ताहरुबाट सुनिन लागेको छ ।
बिषेश गरि युवा कार्यकर्ताहरुले आप्mनो पार्टीले पटक पटक पाएको नेतृत्वबाट आम कार्यकर्ताहरुको मानोभावना र आम जनताहरुको जनचाहाना पुरा हुन नसकेको र अब पार्टी सबललिकरण र सुदृढीकरणको लागी यो पुरानो परिपाटी त्यागेर नयाँ सिराबाट कांगे्रस अगाडी नबढे लोकतन्त्र,कांगे्रस र मुलुकले नै ठुलो क्षति ब्यार्होनुपर्ने हुन सक्ने कुरा राजनितिक बिश्लेशकहरु समेत बताउछन ।

दोलखा कांगे्रस सफल र सवलरुपमा अगाडी बढ्नको निमित्त जिल्ला कार्यसमितीमा निर्वाचित सदस्यहरु मध्येहरुबाट क्षमताको पहिचान गरि संगठन गर्नसक्ने कुशल संगठक,प्रतिपक्षहरु संग बहस गर्न सक्ने तर्किक व्यक्तीत्व, संगठन हाँक्न सक्ने र हरेक समस्याहरुको समाधान दिन सक्ने नेतृत्वको पहिचान गरि कार्यसमितीमा रहेका रिक्त पदहरुमा तत्काल मनोनयन गरि मनोनित पदाधिकारी तथा सदस्यहरलाई जिम्मेवारी बाँडफाँड गरि अगाडी बढ्नु पर्ने कुराको तत्काल आवश्यकता देखिन्छ । यसको साथ साथै सम्पूर्ण गाउँ तथा वडा ईकाईहरु ,भातृ तथा भगीनी संस्थाहरु लाई समेत सशक्तरुपमा परिचालन गर्नु पर्ने देखिन्छ । जसको लागी तत्काल बस्न गईरहेको जिल्ला कार्यसमितीको बैठकले दुरगामी योजनाका साथ लागी पर्नु पर्ने टड्कारो आवश्यकता छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।