मैनापोखरी (दोलखा)। प्रतिनिधि सभाका माननिय सांसद जिपिछिरिङ लामाले भुकम्प पिडितहरुले अन्तिम किस्ता पुस मसान्त पाउने गरि सरकारले म्याद थपेको बताएका छन्।
सदनमा कुरा उठाई आफुले दबाब दिएका कारण सरकारले अन्तिम किस्ता पुस मसान्त पाउने गरि निर्णय गरेको लामाले बताएका हुन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत भएका लामाले भुकम्प पिडित नागरिकको पिडामा मलम लगाउने काममा अहेरात्र खटिरहेकोले पिडालाई कम गर्न राज्यलाई दबाब दिई सदन मार्फत सो निर्णय गर्न बाध्य बनाएको दाबि गरेका छन ।
नेपाली कांग्रेस बैत्यश्वर गाउँपालिकाद्धारा आयोजित स्वागत तथा नयाँ बर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित जनप्रतिनिधि लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
दोलखा जिल्लालाई भुकम्पले क्षतबिक्ष बनाउदा यहाँका नागरिकले खाना बस्न नपाउने अवस्थामा लामाले आफ्नो व्यक्तिगत करिब साँढे २ करोड रुपैयाको खाद्यान्न, जस्तापाता,पाल लगायतका राहत बितरण गरेका थिए।
उनले जिल्लामा भुकम्पबाट मृत्यू भएका १ सय ७४ जनालाई जनही १५ हजार समेत बितरण गरेको नेपाली कांग्रेसका पूर्व पार्टी सभापति उद्धवराज काफ्लेले जानकारी दिए। उनले भने “२०६४ सालमा माननिय बन्दा लामाले आफ्नो सम्पूर्ण तलव भत्ता शैक्षिक संस्था, चैत्य गुम्बा,मन्दिर निमार्ण र बिपन्न नागरिकको सेवामा खर्चिएको हुन।”
यस पटक राज्यले दिने भत्ता लामाले समृद्ध दोलखा निमार्णमा खर्चिने समेत नेपाली कांग्रेसले जनाएको छ।
लामाले गणितियरुपमा केही जनप्रतिनिधि बढी छौं भनेर नेपाली कांग्रेसमा आवद्ध साथिहरुलाई तिरस्कार गरि काम गर्न खोजे तत्काल प्रतिकार गरि सम्पूर्ण गतिबिधि रोकीदिने चेतावानी दिए। मैनापोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले साझा भएर जनताको पक्षमा काम गर्न आफ्नो पार्टीबाट जित्ने जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।
नेपाल कांग्रेस दोलखाका पार्टी सभापति रुद्रबहादुर खड्काले नेपाली कांग्रेसको सांगाठानी मजबुताको लागी सम्पूर्ण स्थानीय तहमा पुगी भातृभगेनी संस्था र शुभेक्छुक संघ संस्थालाई थप क्रियाशिल बनाउने अभियान संचालन गर्ने बताए ।
कार्यक्रममा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले जनताको मतले आफु बिजय भएकोले जनताको समस्या अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरे। एक प्रसंगमा लामाले विकासको लागी सडक चाहिन्छ तर आफ्नो आँगन मुनिको पेटी जानु हुदैन भन्नेहरुको लाई चुनौति दिंदै विकासे कामहरु अघि बढाई रहने बताएका छन ।
सभामा नेपाल कांगे्रस पूर्व पार्टी सभापति उद्धप राज काफ्ले, नेता केशव चौलागाई,पार्टी सचिव सन्तोष रिमाल,महासमिती सदस्य बाबुकाजी बस्नेत,कोषाध्यक्ष कृष्ण केसी, जिल्ला कार्यसमिती सदस्य लोकशंकर चौलागाई, जिल्ला कार्यसमिती सदस्य गौरब कुमार लामा,शिक्षक संघ दोलखा सचिव गिताकृष्ण शर्माले जनप्रतिनिधि लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए।