भुकम्प पिडितको अन्तिम किस्ता पुस मसान्त सम्म : सांसद लामा

 पब्लिक संवाददाता      सोमवार, बैशाख ३, २०७५      0

मैनापोखरी (दोलखा)। प्रतिनिधि सभाका माननिय सांसद जिपिछिरिङ लामाले भुकम्प पिडितहरुले अन्तिम किस्ता पुस मसान्त पाउने गरि सरकारले म्याद थपेको बताएकाछन ।
सदनमा कुरा उठाई आफुले दबाब दिएका कारण सरकारले अन्तिम किस्ता पुस मसान्त पाउने गरि निर्णय गरेको लामाले बताएका हुन ।
नेपाली कांगे्रसका केन्द्रिय सदस्य समेत रहेका लामाले भुकम्प पिडित नागरिकको पिडामा मलम लगाउने काममा अहेरात्र खटिरहेकोले पिडालाई कम गर्न राज्यलाई दबाब दिई सदन मार्फत सो निर्णय गर्न बाध्य बनाएको दाबि गरेका छन ।
नेपाली कांगे्रस बैत्यश्वर गाउँपालिका द्धारा आयोजित स्वागत तथा नयाँ बर्ष २०७५को शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित जनप्रतिनिधि लगायत नेपाली कांगे्रसका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
दोलखा जिल्लालाई भुकम्पले क्षतबिक्ष बनाउदा यहाँका नागरिकले खाना बस्न नपाउने अवस्थामा लामा आफ्नो व्यक्तिगत करिब साँढे २ करोड रुपैयाको खाध्यान,जस्ता,पाल लगायतका राहत बितरण बताएकाछन ।
उनले जिल्लामा भुकम्पबाट मृत्यू भएका १ सय ७४ जनालाई जनही १५ हजार समेत बितरण गरेको नेपाली कांगे्रसका पूर्व पार्टी सभापति उद्धवराज काप्mलेले जानकारी दिए । उनले भने “ २०६४ सालमा माननिय बन्दा लामाले आप्mनो सम्पूर्ण तलव भत्ता शैक्षिक संस्था, चैत्य गुम्बा,मन्दिर निमार्ण र बिपन्न नागरिकको सेवामा खर्चिएको हुन ।”
यस पटक राज्यले दिने भत्ता लामाले सम्वृध दोलखा निमार्णमा खर्चिने समेत नेपाली कांगे्रसले जनाएको छ ।
लामाले गणितियरुपमा केही जनप्रतिनिधि बढी छौं भनेर नेपाली कांगे्रसमा आवद्ध साथिहरुलाई तिरस्कार गरि काम गर्ने खोजे तत्काल प्रतिकार गरि सम्पूर्ण गतिबिधि रोकी दिने चेतावानी दिए । मैनापोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले साझा भएर जनताको पक्षमा काम गर्ने आप्mनो पार्टीबाट जित्ने जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिएकाछन ।
नेपाल कांगे्रस दोलखाका पार्टी सभापति रुद्रबहादुर खड्काले नेपाली कांगे्रसको सांगाठानी मजबुताको लागी सम्पूर्ण स्थानीय तहमा पुगी भातृभगेनी संस्था र शुभेक्छुक संघ संस्थालाई थप क्रियाशिल बनाउन अभियान संचालन गर्ने बताए ।
कार्यक्रममा बैत्यश्वर गाउँपालिका प्रमुख छविलामाले जनताको मतले आफु बिजय भएकोले जनताको समस्या अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरे । एक प्रसंगमा लामा विकासको लागी सडक चाहिन्छ तर आप्mनो आँगन मुनिको पेटी जानु हुदैन भन्नेहरुको लाई चुनौति दिंदै विकासे कामहरु अघि बढाई रहने बताएकाछन ।
सभालाई नेपाल कांगे्रस पूर्व पार्टी सभापति उद्धप राज काप्mले,नेता केशव चौलागाई,पार्टी सचिव सन्तोष रिमाल,महासमिती सदस्य बाबुकाजी बस्नेत,कोषाध्यक्ष कृष्ण केसी, जिल्ला कार्यसमिती सदस्य लोकशंकर चौलागाई, जिल्ला कार्यसमिती सदस्य गौरब कुमार लामा,शिक्षक संघ दोलखा सचिव गिताकृष्ण शर्माले जनप्रतिनिधि लगायत नेपाली कांगे्रसका कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।