दाेलखाकाे ढाेलीखाेलामा माेटरबाईक दुर्घटना हुँदा २ युवाकाे मृत्यु

 पब्लिक संवाददाता      आइतवार, बैशाख २, २०७५      0

दाेलखा । दोलखाको ताामकोशी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो । दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा ९२ प ७२१४ नम्बरको मोटरसाईकल गएराति करिव साँढे १० बजे जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटको माझिगाउँस्थित टर्निङमा दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परि उनीहरुको घट्नास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
घटनास्थलमा राति देखिनै प्रहरी खटिएपनि रातको समयमा उद्धारमा कठिनाई भएकाले आज बिहान उद्धार गरि पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याउने तयारी भईरहेको उहाँले बताउनुभयो । मोटरसाईकल सडकबाट करिव डेढ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।