दोलखा १ बैशाख । भिमेश्वोर नगरपालिका वडा न: ५ को गौरीशंकर बालगृह का बालबालिका हरुलाइ लत्ताकपडा लगायत अन्य दैनिक उपभोगिय सामग्री बितरण गरीयको छ ।
गौरीशंकर बालगृह का १५ जना बालक लाई नयाँ बर्ष को अबसर पारी आज एक कार्यक्रम बिच लत्ताकपडा , फलफूल र ब्रस मन्जन मासु लगायत को सामाग्री बितरण गरिएको जिल्ला बाल कल्याण समिती दोलखा का सदस्य राजन बस्नेत ले जानकारी दिए ।
दोलखा को मालपोत कार्यलयमा कार्यरत लेखापाल रत्न प्रसाद मण्डल ले एक महिना को तलब २० हजार रुपैयाँ बराबर को लत्ताकपडा र जुत्ता खरिद गरि बितरण गरेका थिए भने उज्यालो भबिस्य सस्था दोलखा अध्यक्ष एबम जिल्ला बालकल्याण समिति दोलखा का सदस्य राजन बस्नेत ले दैनिक उपभोग्य सामाग्री साबुन , ब्रस , मन्जन , लगायत अन्य सामाग्री हस्तान्तरण गरेका थिए सोही कार्यक्रममा समाज सेवी चीत्र प्रसाद दहाले फलफूल बितरण गरेका गरे भने ब्राइट इभेन्ट म्यानेजम्यान्ट दोलखा को तर्फबाट अध्यक्ष राजन बुढाथोकी र भिमसेन श्रेष्ठ ले केक काटेर र मिठाई बितरण गरेका थिए । कार्यक्रम का प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी लक्ष्मण बिक्रम थापा ले बालबालिका को हक अधिकार र संरक्षण गर्न आफू कुनै पनि माध्यम बाट नचुक्ने प्रतिबद्धता बेक्त गर्दै आगामी दिनहरू मा सहयोगी बेक्ती को प्रसम्सा गरे र सहयोग गर्ने बेक्तिलाइ सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रम मा प्र जि अ लक्ष्मण बिक्रम थापा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की , भिनपा ५ का वडा अध्यक्ष रामचन्द्र उज्यालो भबिस्य सस्था को अध्यक्ष राजन बस्नेत , बस्नेत , प्रेस युनियन दोलखा कि केन्द्रिय पार्सद निर्जला आचर्य , मालपोत कार्यलय दोलखा का लेखापाल रत्न प्रसाद मण्डल , ब्राइट मेनेजमेन्ट दोलखा अध्यक्ष राजु बुढाथोकी लगायत को उपस्थित रहेको कार्यक्रम मा गौरीशंकर बालगृह का बालबालिका लाई छात्रवृत्ति उपलब्ध गराइ बालबालिका को संरक्षण गरेको भन्दै नेपाल बाल संगठन जिल्ला शाखा दोलखा ले गौरीशंकर बोडिङ स्कुल का प्रेन्सिपल सुर्य कृष्ण श्रेष्ठ र गौरीशंकर बालगृह का बालबालिका सहयोग गरेको भन्दै मालपोत दोलखा का लेखापाल रत्न प्रसाद मण्डल लाइ सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । कार्यक्रम नेपालसंगठन दोलखा शाखा का सभापति राकेश श्रेष्ठ को सभापतित्यो मा सम्पन्न भएको थियो ।