वर्तमान अवस्थामा संचारकर्मीको भुमिका बिषयमा अन्र्तक्रिया
दोलखा १ बैशाख । नेपाल प्रेस युनियन दोलखाको आयोजनामा वर्तमान अवस्थामा संचारकर्मीको भुमिका बिषयमा अन्र्तक्रिया एवम बनभोज कार्यक्रय सम्पन गरेको छ ।
लोकतन्त्रवादी संचारकर्मीहरुको गौरवशालि संगठन नेपाल प्रेस युनियान दोलखाले बिगत एक दशक अघिबाट नयाँ वर्षको पहिलो दिन पत्रकारिताको बिषयमा अन्र्तक्रिया गर्दै बनभोज कार्यक्रय राख्दै आएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाल प्रेस युनियन बाग्मती बिशेष क्षेत्र संयोजक रमेह खतिवडाले भने “जनताले कर तिरेर संकलित राजस्वको विभिन्न पदका नाम जनप्रतिनिधिहरुले तलव भत्ता खाएर मुलुकमा खोक्रो बनाउने जालफिजाई रहेको अवस्थामा संचारकर्मी चुपलागेर बस्नु हुदैन।”
उनले भने नेपाल प्रेस युनियन दोलखाको आप्mनै भवन निमार्णका लागी तत्काल सहयोग जुटाउन शाखालाई आग्रह गरे । आफुले सहयोगी हातहरु संग अपिल गर्ने समेत प्रतिबद्धता खतिवडाले जाहेर गरे ।
नेपाल प्रेस युनियन दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस दोलखाका पूर्व पार्टी सभापति उद्धवराज काप्mले,नेपाली कांगे्रस पार्टी सचिव सन्तोष रिमाल, नेपाली कांगे्रस दोलखा क्षेत्र नं २ का पार्टी सभापति जयराम श्रेष्ठ, महासमिती सदस्य बाबुकाजी बस्नेत, नेपाली कांगे्रस जिल्ला कार्यसमिती सदस्यहरु बालकृष्ण आचार्य, लोकशंकर चौलागाई, राजु लामा ,नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मान्नधर ,ताकाामाकोशी गाउँपालिका वडा नं १ अध्यक्ष महेश काप्mले, नेपाल टेड युनियान कांगे्रस दोलखाका सचिव गोकर्ण प्रसाद भण्डारी,नेपाल बिद्यार्थी संघ दोलखाका नेता सुरेश गौतम, प्रेस युनियन युनियान नेता शम्भु गौतम ,मुरारी दुलाल लगायत वर्तमान अवस्थामा संचारकर्मीको भुमिका का बिषय बिचार ब्यक्त गरेका थिए ।
२०७४ सालको बिदाई गरी ७५ साललाई नेपाल प्रेस युनियन दोलखाले हर्षोउल्लासका साथ स्वागत गरेकोछ । सोही अवसरमा एक आपसमा शुभकामना आदनप्रदान, भेटघाट, खानपिन र रमाईलो गरेर नयाँ वर्षको स्वागत शाखाले गरेको छ । नयाँ वर्ष २०७५ सालको पावन अवसरमा सुख, शान्ति र समृद्धिका लागी सम्पुर्ण नेपालीहरुमा रातो गुराँस मिडिया प्रालिको पनि शुभकामना ।
( तस्विरहरु)