दोलखा । पर्यटकीय नगरी चरिकोट यति खेर नयाँ बेहुली जस्तो सिंगारपेटारले झकि झकाऊ भएको छ ।
सातदोबाटे देखी पहुपति चोक सम्म र सातदोबाटे देखी चरिघ्याङ सम्म े सिंगारपेटारले झकि झकाऊ गरिएकोछ । नयाँ बर्ष आगमन संगै २०७५ सालमा पर्यटकीय नगरी चरिकोटमा हजार्रौ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यका साथ भीमेश्वर नगरपालिकाले सडक महोत्सव(स्ट्रिट फेस्टिबल) गर्न लागेको हो ।
“हाम्रो रहर,सुन्दर स्वच्छ सफा र हराभरा चरिकोट सहर”भन्ने मुल नाराका साथ भिमेश्वर नगर मात्रै नभइ सिंगो दोलखालाई पर्यटक मैत्री बनाउन महोत्सव गर्न लागेको नगरप्रमुख भरतकेसीले बताउनुभयो । चरिकोट बजारको सातदोबाटो चोकदेखि पशुपतिडाँडासम्म र सातदोबाटो चोकदेखि चरिघ्याङ, पाटी खोला र बसपार्क क्षेत्रमा समेत महोत्सव विशेष हुन लागेको नगरपालिकाले जनाएको छ ।यही क्षेत्रहरुमा तुल,ब्यानर र रङ्गिचङ्गि तोरन टाँगेर बजारलाई सिगारिएको छ।
ब्यापारी तथा घरधनीहरुको आ(आफ्नो पसल र घर अगाडि टाँगिएको व्यानरमा दोलखाका प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाहरुको चित्र पनि राखिएको छ।ब्यानरमा स्थानीय खानाको स्वाद चखाउने देखि स्थानीय उत्पादनको प्रदर्शनीका साथै स्थानीय कलाकारहरुको नृत्य र स्थानीय व्याण्डको संगीतमा सबैलाई मनोरञ्जन प्रदान गर्दै रमाउने वातावरण बनाउने स्थानियवासी लागीपरेका छन ।
आयोजकका अनुसार महोत्सवको दिन चैत ३० गते चरिकोट बजारको सातदोबाटो चोकदेखि पशुपतिडाँडासम्मको सडक क्षेत्रमा यातायात आवागमन बन्द गरिनेछ।
होटल तथा रेस्टुरेन्ट सडक किनारामा निकालेर जिल्लाका विशेष खानाका परिकारसहितको स्टल राखिनेछ। त्यस्तै आयोजकका अनुसार विभिन्न प्रायोजक कम्पनीका समेत स्टल रहनेछ। बुद्धनगर टोलमा सांस्कृतिक कार्यक्रम गरिनेछ। चैत ३० गते दिउसो ११ बजे उद्घाटन समारोह चल्ने र ३ बजेबाट राती १० बजेसम्म खाना महोत्सवसहित स्टल खुल्ला गरिनेछ बुद्धनगर टोल सुधार समितिका संयोजक सविना मानन्धर श्रेष्ठले जानकारी दिइन । साँझमा स्थानीय ब्यान्डका कन्सर्ट र नृत्यसहित सांस्कृतिक कार्यक्रम आयोजना हुने उनीले बताईन्।
पर्यटकका लागि सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने आभास दिलाउने गरी हुन लागेको महोत्सव हुन लागेको चरिघ्याङ टोलसुधार समितीका अध्यक्ष दावा लामाले बताए ।