दोलखा २८ चैत । स्विस राजदुत एलिजावेथ भोन क्यापिलरले नेपालको बिकासका लागि स्विस सरकारले सधैं सहयोग गरिरहने बताएकीछिन् ।
दस वर्ष अघि नेपालमा रहदा र अहिले नेपाल आउदा यहाँको अपत्यारिलो गतिमा बिकासले फड्को मारेको देखे बताउदै राजदुतले नेपाल र नेपालीको लागि खुसीको लागी स्विस सरकारले जस्तो सुकै सहयोग मागेपनि गर्न तयार रहेको बताईन ।
दोलखा भ्रमणको अवसरमा मंगलबार भीमेश्वर नगरपालिकाले आयोजना गरेको भेटघाटमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन।
स्विटजरल्याण्ड सरकारले गरेको आर्थिक सहयोग सँगै विकासका गतिबिधीहरुको अनुगमन गर्न दोलखा आएकी स्वीस राजदुत क्याबलरसँगको औपचारिक भेटघाटमा भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले नगरपालिकाको चार क्षेत्रमा सहयोगको लागि आग्रह गरेका छन् ।
उनले चरिकोट टुँडिखेलमा स्टेडियम, कभर्ड हल, विज्ञान पार्क र दोलखा बजारको चर्चित रातो मच्छिन्द्रनाथको रथ तान्ने रुटमा स्टोन पेभमेन्ट कार्यमा सहयोग गरिदिन राजदूत क्यापिलरसँग आग्रह गरेका छन।
भुकम्पपछि स्विस सरकारले स्वीटजरल्याण्डको ज्यूरीच शहरसँग तुलना गरिने दोलखाको जिरी नगरपालिका स्थित जिरी प्राविधिक शिक्षालय, दोलखा बजार स्थित पवित्र धार्मिकस्थल त्रिपुरा सुन्दरी मन्दिर, तलेजु मन्दिर र साविकको गौरीशंकर गाविसस्थित सिमिगाउँ देखि च्छोरोल्पा हिमतालसम्मको पदमार्ग निर्माणमा सहयोग गरिरहेको छ ।