समयमा तामाकोशी आयोजना सम्पन्न नभए दैनिक एक करोड ब्याज राज्यले ब्यर्होनु पर्ने छः प्रधानमन्त्रि ओली

 पब्लिक संवाददाता      बुधबार, चैत्र २८, २०७४      0

लामाबगर(दोलखा) २८ चैत । दैनिक एक करोड ब्याज राज्यले ब्यर्होनु पर्ने हुदा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्रि ओलील भने दैनिक करोड ब्याज भन्दा पनि विद्युत उत्पादनपछि प्राप्त हुने दैनिक साढे २ करोड रुपैयाँ आम्दानी समेत गुम्ने छ ।
बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले ४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिए राज्यले धेरै घाटा ब्यार्होने बताएका हुन ।सरोकारवाला अधिकारीहरुले अरुले काम गरेन भनेर दोष लगाएर कोही कसै पन्छिन पाउनु हुने छैन, घुमाउरो भाषामा प्रधानमन्त्रिले कडा निर्देशन दिएकाछन ।

यस आयोजना २०७५ सालको असार मसान्तबाट बढाएर अहिले पुस महिना सम्ममा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।
दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण देखाई आयोजना निर्माणमा ढिलो भएको भएको बाहाना गर्न खोजिएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने ओलीले बताएका छन् । ओलीले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने प्रतिबद्धता ओलीले जाहेर गरे ।
स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धा्रित समयमै आयोजनाको निर्माण सम्पन्न हुने बताए । राष्ट्रिय गौरबका अन्य आयोजना भन्दा यो आयोजना पहिलै सञ्चालनमा आउनुपर्ने अनन्तको दाबि छ । समयमा सम्पन्न हुदा बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । उनले भने एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकिए देशलाई अर्बाै रकम फाईदा हुने छ ।
माथिल्लो तामाकोशीका सिइओ विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताउदै अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी दिए ।सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिए पनि लागत ४९ अर्ब २९ करोड आँकलन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।