किन बनाए जनताले जिसस प्रमुख पाण्डेलाई बन्धक ? यस्तो छ वास्तविकता

 पब्लिक संवाददाता      शनिबार, चैत्र २४, २०७४      0

दोलखा  । लापीलाङलाई केन्द्र बनाउनेका ग्राईन्ड डिजाईनका नाइकेलाई जनताले बन्धक बनाएकाछन ।
कालिञ्चोक गाउँपालिकाको केन्द्र सुनखानीबाट हटाएर आप्mनो गाउँ लापीलाङमा लैजाने ग्राईन्ड डिजाईन बनाउनेका नाइके भन्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई सुनखानीका जनताले करिब ६ घण्टा क्याम्पसको कक्षा कोठामा बन्धक बनाएका हुन् ।
नेकपा एमालेको माधव नेपाल गुटका भनेर चिनिने जिसस संयोजक पाण्डेले निर्वाचन अघि आफु जित्नलाई बिभिन्न लोभ देखाई सुनखानीमै केन्द्र बनाउने प्रतिबद्धता जनाएको तर पछि आफ्नै गाउँमा लैजाने ग्राईन्ड डिजाईन गरेर हिडेको भन्दै उनीहरुले बन्धक बनाएका हुन ।
“जनताको भावानामा लात हान्ने अधिकार कसैलाई छैन ।” नेकपा एमालेका तर्फबाट जननिर्वाचित वडा अध्यक्ष नन्द प्रसाद शिवाकोटी भने ‘ जिल्ला स्तरमा सर्वपक्षिय निणर्य भई सकेको, त्यो भन्दा पनि स्रोत साधनले अन्य स्थानमा भन्दा सुनखानी नै उपयुक्त हुने भनी सम्पूर्ण जनताको माग हुदा समेत खलनायकको भुमिकामा सक्रिय पाण्डेलाई जनताले बन्धक बनाएका हुन । ’
प्रमुख पाण्डेलाई करिब १० बजे देखी बेलुका ४ बजे सम्म बन्धक बनाएर केन्द्र सार्ने गाउँ कार्यपालिकाको बैठकमा नजाने सर्तमा जनताले छोडिदिएका थिए ।
यस्तो थियो खास घटना !!
कालिञ्चोक गाउपालिकाको केन्द्र लापिलाङ तय गर्न अध्यक्ष विनकुमार थामीले बोलाएको गाउँपालिका कार्यलयको बैंठकमा भाग लिन प्रचलित सुनखानी साँङ्बाको बाटो छोडी सोती निबारे हुदै लापीलाङ्ग जाने क्रममा शुक्रबार बिहान ९ बजे तिर ढुङ्गे भन्ने स्थानमा पुगेपछि स्थानियले जिसस प्रमुख पाण्डेलाई गाडीबाट झारी नियन्त्रणमा लिइ बन्दी बनाएका हुन ।
उनीलाई अर्को बलेरोमा हाली माने भट्टेलि भन्ने स्थानमा रहेको श्री कालिनाग बहुमुखी क्याम्पसको कक्षा कोठामा बन्दी बनाएका थिए । बामपन्थी नेताहरु नेकपा माओवादी केन्द्र नेता रुद्र अधिकारी, लक्ष्मण पाण्डे, रिता रिमाल मीन कुमार खड्का र एमाले नेता डम्बर आचार्य, राजेन्द्र खरेल लगायतको कमाण्डमा रहेका सयौं को संख्यामा रहेका जनताले नारा जुलुस गर्दै जिल्ला स्थित प्राविधिक समिती र सर्वदलिय संयन्त्रले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका थिए ।
जनताको कब्जामा परेका पाण्डे आफु आरोपबाट उम्किन केन्द्र सार्ने बिषयमा आप्mनो हुनै हात नहुने र नभएको भन्दै आप्mनो बचाउ गरिरहेका थिए । गाउँपालिका अध्यक्षले बोलाएको बैठकमा वडा नं २,५,७,८ र ९ का वडा अध्यक्षको उपस्थिति नरहेको बैठक स्थलबाट एक स्रोतले बताए।
त्यसो त कालिञ्चोक गाउँपालिकाको केन्द्र हालको अस्थायी केन्द्रलाई कायम राख्ने या सार्ने भन्ने विषयको विवादले स्थानीय तहका प्रनितिधिहरुबीच यसअघि देखि नै तिब्र बिबाद हुँदै आएको छ।
गाउँपालिकाको केन्द्र तोक्ने बारे निर्णय गर्न केही समय अघि बोलाईएको बैठकमा पनि प्रतिनिधिहरुबीच झण्डै हात हालाहाल भएको कुरा बाहिरिएको थियो।
त्यतिबेला पनि वडा नम्बर ३ का अध्यक्ष निशान बुढाथोकीले गाउँपालिका केन्द्र सार्ने भए खुरुले सारौँ नभए हालकै ‘आहाले’ ठिक छ, नभए राम्रो हुँदैन भन्दै दबाव दिएको र गाउँपालीका अध्यक्ष विन कुमार थामीले वडा नम्बर ५ लापिलाङ्गको भिमसेनस्थानई प्रक्रियाबाट टुङ्ग्याउन प्रस्ताव गरेपछि बैठकमा चर्को बिवाद भएको थियो।
बुढाथोकीको हस्तक्षेपकारी भुमिकाबाट आक्रोशमा आएका अध्यक्ष थामीले, तिमी को हौ? तिमिले हामीलाई खेलाउने? भन्दै बैठकमा प्रस्तुत भएको र दुबैजना उत्तेजित हुँदै आ(आफ्नो ठाउँबाट उठेपछि बैठक स्थल तनावग्रस्त भएको थियो। र अन्य प्रतिनिधिहरुले दुई पक्षबीच उत्पन्न तनावलाई साम्य पर्न सम्झाउनु परेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।