
दोलखा १९ चैत्र । पूर्विय पहाडी जिल्ला दोलखाको चरिकोटमा पहिल्लो पटक स्ट्रिट फेस्टिबल (सडक महोत्सब) हुने भएको छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वातै बढेको छ । नयाँ बर्षलाई लक्षित गरि चैत्र ३० मा यो महोत्सब हुन लागेको हो । चरिकोटमा रहेको बुद्धनगर टोल सुधार तथा सरसफाई समिति वडा नं ३ र ६ को आयोजनामा स्ट्रिट फेस्टिबल आयोजना गरिएको छ ।
नयाँ बर्षको अघिल्लो दिन हजारौं पर्यटक भित्राउँदै चरिकोटलाई पर्यटन बिकासको मुख्य गन्तब्यको रुपमा बिकास गर्न स्ट्रिट फेस्टिबल आयोजना गरिएको बुद्धनगर टोल सुधार तथा सरसफाई समितिकी अध्यक्ष एबं फेस्टिबल आयोजक समिति संयोजक सबिना श्रेष्ठले बताईन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै फेस्टिबलको मुख्य आकर्षण स्थानिय होटलहरुमा पाक्ने खानाको परिकारहरु स्थानिय घरेलु सामाग्रीहरु, घरेलु उत्पादनको प्रर्दशनी सडकमानै बिक्री बितरण गरिने, बिभिन्न सांस्कृतिक कार्यक्रम, डकुमेन्टी प्रर्दशनी, स्थानिय कलाकारहरुको कन्सर्ट, बिभिन्न जातजातिको भेशभुषा प्रर्दशनी,लाखे र झाँकी प्रस्तुति, स्थानिय ब्यबसायीको उत्पादन बिक्रि बितरण,स्थायिनहरुको फोटो प्रर्दशनी तथा बिक्री गर्ने आयोजक समितिका सचिब कृष्णबहादुर श्रेष्ठ बताएका छन् ।
स्ट्रिट फेस्टिबल चैत्र ३० गते बिहान ११ बजेदखि रातिको १० बजेसम्म चल्ने आयोजकले दाबि गरेका छन् । आयोजकले स्ट्रिट फेस्टिबलले दोलखामा नयाँ बर्षमा घुम्न आउने पर्यटकहरुलाई स्थानियको न्यानो स्वागतको अनुभुति दिने, खानाको परिकारको प्रचारप्रसारमा सहयोग पुग्ने, स्थानिय उत्पादनको प्रचार र बृद्धि हुने , स्थानिय कलाकारिताको क्षेत्रको बृद्धि बिकासमा टेवा पुग्ने,जिल्लाकै पर्यटक बिकास लक्ष्यमा सहयोग पुग्ने लगायतको अपेक्षा राखेको छ । स्ट्रिट फेस्टिबलको उद्घाटन नेपाल सरकारका पर्यटन मन्त्रि रबिन्द्र अधिकारीले गर्ने आयोजकले बताएको छ ।फेस्टिबलमा दोलखाका १० जना सांसदहरुलाई नागरिक अभिनन्दन गर्ने पनि बताईएको छ ।