दोलखा १८ चैत । भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत शंकर नेपालले सामुदायिक र निजि बिद्यालय बिचको मनोबैज्ञानिक खाडल पुर्न पोशाकमा एकरुपता ल्याएको बताए । त्यस्को लागी बिद्यालय पोशाकको रङ समेत चयन गरिसकेको उनले प्रष्ट पारे । त्यसैगरि भिमेश्वर नगरपालिकाले मार्कसिटमा समेत एकरुपताको लागी आफैंले सट्वेयर निमार्ण गरेको कार्यकारी अधिकृत नेपालले जानकारी दिए । नगरपालिकामा कक्षा आठ चलेका २३ विद्यालयका शिक्षकहरुलाई लेटर गे्रडिङ सिस्टम सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिएको भिनपाका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले जानकारी दिए । अभिमुखिकरण तालिमका सहभागी श्री पृथ्वीनारायण आधारभुत बिद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद चौलागाईले भने “ सप्mवेयरबाट नतिजा तयार पार्दा छिटो छरितो र सहज हुने हुदा नगर भरिका सबै विद्यालयको रिजल्ट एकै दिन हुने छ । ” उनी भन्छन एकै दिन रिजल्ट हुदा विद्यालयले भर्ना अभियान संचालनमा समेत एकरुपता हुने छ । यता राजकुलेश्वर आधारभुत बिद्यालयका प्रधानाध्यापक प्रकाश दहाल भन्छन समय अनुसारको टेक्नोलोजिम संग शिक्षकलाई अपडेट गराउने काम भिमेश्वर नगरपालिकाले गरेकोछ यो सहारानिय कार्य हो ।