दोलखा १८ चैत । एकिकृत नमुना बस्तीको पूर्वाधार निमार्णको लागी सरकारले ७ करोड ३२ लाख बिनियोजन गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका ४ जिलूको फस्मी र डिही गाउँमा १ सय ८३ बटा नमुना योग्य घर निमार्णको लागी एकिकृत नमुना बस्तीको पूर्वाधार निमार्णको लागी सरकारले सो रकम पूर्न निमार्ण प्राधिकरणले बिनियोजन गरेको हो ।
पूर्न निमार्ण प्राधिकरणले सहरी विकास डिभिजन कार्यालयलाई एकिकृत नमुना बस्तीमा सडक,खानेपानी, बिद्युत,नाला ढल,र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न ७ करोड ३२ लाख बिनियोजन गरेको पूर्न निमार्ण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिए ।
बिपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निमार्ण गर्न उनीहरु चाहिराखेकाछन । घर निमार्णको लागी सहयोग गरि दिन यहाँका नागरिकहरु संघ संस्थाको पर्खाई रहेको एकिकृत नमुना बस्तीका अभियान्ता एवम भीनपा ४का वडा अध्यक्ष हरिबंश चौलागाईले बताए । चौलागाईले भने “ एकिकृत नमुना बस्तीको लागी डिटेल प्रोजेक्ट पुरा गरि पूर्न निमार्ण प्राधिकरणमा पेश गरेकोले पूर्वाधार निमार्णको लागी सरकारले बिनियोजन छ ।”
अहिले एकिकृत नमुना बस्तीमा इन्जिनियर र अमिनहरुले जग्गा छुटाउने कार्य धमाधम भइ रहेको चौलागाईले जानकारी दिए ।सदरुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमुना योग्य ठाउ बन्ने छ, होमस्टे लागी अत्यन्तै उपयुक्त भएकोले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाकोले अगानी गरे औचित्यसावित हुनेछ अध्यक्ष चौलागाईले भने । तामाकोशी तेस्रोको डेय्मसाईट र जलाशय मार्ग एकिकृत नमुना बस्तीका हुदै निमार्ण हुन लागेकोले यो बस्ती पर्यटकीय रुपमा आर्कषणको केन्द्रबिन्दु का रुपमा कोशेढुङ्गा सावित हुने छ उनले भने ।
एकिकृत नमुना बस्तीका अभियान्ता रामजी प्रसाद चौलागाईले भन्छन “यहाँ एउटा घर निमार्ण हुन कम्तीमा १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम ३ लाख बाहेक १२ लाख आबश्यक पर्ने हुदा सरकारले २ प्रतिशत ब्याजदरमा दिने १५ लाख दिएको खण्डमा बिपन्न बस्ती नागरिकले घर बनाउन सक्ने थिए ।”एकिकृत नमुना बस्ती निमार्णको लागी स्थानिय स्तरमा गर्नु पर्ने सम्पूर्ण काम पुरा भई सकेको र अब भवन निमार्णका काम सुरु गर्न ढिला भईसकेकोले सहयोगी हातहरुलाई नमुना बस्ती निमार्णमा सहयोग गरि दिन चौलागाई समेत आग्रह गरे ।
एकिकृत नमुना बस्तीका लागी अहोरात्र खटिरहेका भिनपा ४ डिहि निवासी रामकृष्ण केसी भन्छन आफैमा सुन्दर यो बस्ती नमुना बन्दा आन्तारिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धी हुने छ । जिल्लाको आर्थिक अवस्था सुधारकोको लागी यसले ठुलो सहयोग टेवा पुराउने केसीको दाबि छ ।
भिमेश्वर नगरपालिका ४ डिही गाउँमा बल्क (क)मा ७५ घर र फस्मिमा बल्क(ख) १ सय आठ गरि १ सय ८३ बटा घर निमार्ण हुन लागेको छ ।