
राजन बस्नेत सिन्धुली १७ चैत । सिन्धुलीलाई फोहोर मुक्त जिल्लाका रुपमा स्थापित गर्न युवाहरु सरसफाईमा जुटेका छन । युवा सञ्जाल सिन्धुलीको आयोजनामा प्रत्येक महिनाको एक शनिबार जिल्ला सरसफाई अभियान संचालन हुदै आएको छ । युवाहरुले कमलामाई नगरपालिका वडा न नं ४ र ६ बाट सरसफाई अभियान सुरु गरेका छन । बडा नं ६ को लक्ष्मण चोक देखी अधेरी पुल सम्म सफाई गरिसकेको युवा सञ्जाल सिन्धुलीका अध्यक्ष रामकाजी घलानले बताए । घलानले भने “ फोहोर मुक्त जिल्लाका निमार्णको लागी सरसफाई अभियानमा युवा शक्तिलाई अहेरात्र लाग्ने छौं । ” युवा सञ्जाल सिन्धुलीले सम्वृद्ध जिल्ला निमार्णको लागी बिगतका दिनहरुमा युवाहरुको क्षमता विकासका लागी गोष्ठी ,अन्र्तक्रिया, नाटक ,बक्तृत्वकता ,रेडियो उद्घोष तालिम ,मानव अधिकार शिक्षा लगायतका कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष घलानले बताए । सिन्धुलीको शान युवा अभियान भन्ने मुल नाराका साथ युवा सञ्जालले आजको शनिबार जनप्रतिनिधिहरु सहित एक सय जना युवाहरुलाई सरसफाई अभियानमा सहभागी गराएको अध्यक्ष घलानले जानकारी दिए । कमलामाई नगरपालिका ६का वडा अध्यक्ष उज्जवल थापा,जननिर्वाचित सदस्यहरु र कमलामाई नगरपालिका बातवरण शाखाका संयोजक केशव नेपाली लगायत सरसफाईमा सहभागी रहेको घलानले बताए ।