दोलखा १६ चैत । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले पूर्वसभापतिहरुलाई सम्मान गर्दै ६३ औँ स्थापना दिवस मनाएको छ । पूर्वसभापतिहरु देवदास श्रेष्ठ,चिरञ्जीवी मास्के,राजेन्द्र मानन्धर र उद्धवबहादुर पोखरेललाई जिल्ला शाखाले सम्मान गरि सम्झीएको छ । उनीहरुलाई भीमेश्वर नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि भरत केसीले सम्मानपत्र प्रदान गरेका थिए । आम सर्वसाधारणले कुन पत्रकारले के लेख्छन? भन्ने कुरा पूर्वानुमान गर्नेखालका बाताबरण समाजमा सिर्जना भएकोले अब पत्रकारहरु निष्पक्ष भएर अघि बढ्नुपर्ने धारण केसीले ब्यक्त गरे । मेयर केसीले अब समाजमा विकास पत्रकारिताको खाँचो भएकोले त्यस तर्फ कलम चलाउन पत्रकारहरुलाई अनुरोध गरे । उनले देशका ठुलाठुला राजनीति परिवर्तन देखि गाउँसमाजका विकास र आम जनतालाई न्याय प्रदानका लागि पत्रकारहरूले महत्वपूर्ण भुमीका समाजमा खेलेको बताए । सोही कार्यक्रमका राज्यको चौथो अंग पत्रकार भएको र समाज राष्ट्र परिवर्तनका लागि अनुशासित भएर लाग्नुपर्ने धारण नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाले बताए । अध्यक्ष लामाले पत्रकारको सेवा सुबिधाका लागि लामो समयपछि भवन निर्माण कार्यको काम अघि बढेकोले सबै ब्यक्तिहरु सहयोग अपरिहार्य रहेको बताए । विसं २०१२ सालमा स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थपना भएको पत्रकार महासंघले ६२ औँ वर्ष पूरा गरि ६३औँ वर्षमा लागिरहदा, दोलखामा भने स्वर्गीय देवदास श्रेष्ठको नेतृत्वमा विसं २०५३ सालमा मात्रै पत्रकार महासंघ जिल्ला शाखाको स्थपना भएको हो। १४८ जना पत्रकारहरले महासंघको सदस्यता लिएका छन्।