भ्रष्टचारका नायक नै देशका ठुला मान्छे : कानुन मन्त्रि तमाङ

 पब्लिक संवाददाता      बिहिबार, चैत्र १५, २०७४      0

दोलखा १५ चैत । नेपाल सरकारका कानुन मन्त्रि शेरबहादुर तमाङले ठुला मान्छेको नाममा देशमा भ्रष्टचार बढेको दाबि गरे । ठूलो भनिएका मान्छेको नियत खराब बन्दै देशमा व्यापक भ्रष्टाचार बढेको हुदाँ अब देशलाई ठुला मान्छे होइन असल मान्छे चाहिएको छ मन्त्रि तमाङले भने । दोलखाको सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कानुनी राज्यको सुन्दर पक्ष नै लोकतन्त्र भएकोले कानुन बलियो र विश्वासिलो हुनुपर्ने कुरामा जोड्दिए । उनले अहिले न्यायलय प्रति चौतर्र्फि जनतामा प्रश्न चिन्ह उब्जाई रहेकोले अब सरकारले त्यसता खालका गतिविधि नदोहोराउने प्रतिबद्धता जाहेर गर्दे त्यस्लाई सच्याउन कडा कदम चाल्ने बताए । न्यायलयबाट अब भ्रष्टाचारी, बलत्कारी र हत्यारालाई सोर्स ,फोर्स र पैसाको आडमा शुद्ध बनाउने प्रवृत्तिको अन्त्य गर्नमा वर्तमान सरकार लागि पर्ने भन्दै मन्त्री तामाङले न्यायलयलाई जनमुखि र पारदर्शी बनाउन सबै न्याय प्रदायकहरुलाई आव्हान समेत गरे। समृद्ध राष्ट्रको लागि हरेक ठाउमा शुद्धता आवश्यक भएकोले अब प्रधानमन्त्री देखि वडा अध्यक्ष सम्म र मुख्यसचिव देखि कार्यलय सहायक सम्मको सम्पत्ति छानवीन हुने बताउदै सबै समाजलाई शुद्ध बनाउने न्यायलयबाटै शुद्धताको अभियान थालनी गर्ने तमाङले धारणा ब्यक्त गरे । लोकतन्त्र भनेकै प्रतिस्पर्धा भएकोले अब प्रतिस्पर्धाको युग सुरु भईसकेकाले यो वा त्यो बहानमा,कुनै सोर्स, फोर्सको आधारमा कोहिकसैलाई राज्यको जिम्मेवार तह, तप्काकामा लैजानु भनेको समृद्ध नेपालको दौडमा निस्केको राष्ट्रलाई कमजोर बनाउनु सरह हुने भएकाले, बिद्यार्थीहरुलाई आफ्नो अध्यनमा केन्द्रित भई मुलुकको मुहार फेर्न हरेक क्षेत्रमा प्रतिस्पर्धाका साथ आउन मन्त्री तामाङले अनुरोध गरे। मन्त्री तामाङले सरकारले छिट्टै हिमाली जिल्लाहरुमा प्राविधिक शिक्षाको अवधारणा अगाडि बढाउने भएकोले त्यस्को अगुवाइ दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले गर्ने बताउदै त्यस्को लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । अब प्राविधिक शिक्षा मार्फत बिद्यार्थीलाई देशको दक्ष नागरिक बनाई सम्बन्धि क्षेत्रमा सहभागी गराई सम्मानजनक ज्यालाको व्यवस्था सरकारले गर्ने भएको हुदा,हरियो पासपोर्ट च्यापेर युवाहरु अरवमा भासिनुपर्ने दिनको अन्त्य हुने समेत मन्त्री तामाङले भने। यता प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले क्यम्पसलाई अनुसन्धानको थलोका रुपमा विकास गर्नुपर्ने बताउतै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।भुकम्पका कारण भवन गुमाउनु परेको क्यापसलाई सबैले सबै क्षेत्र बाट सहयोग हुनुपर्ने धारणा गुरुङले पनि राखे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति पाख्रिन,प्रदेश सभा सदस्य पशुपति चौलागाईं,प्रदेशसभा सदस्य रचना खड्का,जिसस प्रमुख डबल पाण्डे,भिमेश्वर नगरप्रमुख भरत केसी लगाएत शैक्षिक उत्थानका निमित आ आप्mनो धारणा राखेका थिए । सोही कार्यक्रममा विभिन्न समयमा क्याम्पसलाई नगद तथा जिन्सी सहयोग गरेको भन्दै रामहरि श्रेष्ठ, विष्णु लक्ष्मी श्रेष्ठ र पुर्षोतम दहाललाई सम्मानपत्र बाट सम्मान गरिएको क्याम्पस प्रमुख शान्त केसीले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।