श्रमजिविहरुको गौरवशालि संगठनको अध्यक्षमा चौलागाईं,सचिवमा पत्रकार भण्डारी

 पब्लिक संवाददाता      बुधबार, चैत्र १४, २०७४      0

दोलखा १४ चैत । नेपाल ट्रेड युनियन कांग्रेस दोलखाको छैठौं जिल्ला अधिवेशनले रामजी प्रसाद चौलागाईंको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सो कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः उर्मिला कार्की, पावल घिमिरे, मनोज कुमार तामाङ,राम लक्ष्मण ठाकुर र सचिवमा पत्रकार गोकर्ण प्रसाद भण्डारी,सह सचिवहरुमा भिमबहादुर थापा, गोविन्द प्रसाद ढुङ्गेल निर्वाचित भएकाछन ।
त्यस्तै कोषाध्यक्षमा रमेश शर्मा र सह कोषाध्यक्षमा इन्दिरा पाण्डे दहाल निर्वाचित भएका छन ।
त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेस बिगु गाउँपालिका अध्यक्षमा वलराम खड्का, नेपाल ट्रेड युनियन कांग्रेस बैत्यवर गाउँपालिका अध्यक्षमा वद्री प्रसाद दहाल, नेपाल ट्रेड युनियन कांग्रेस गौरिशंकर गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद पाण्डे, नेपाल ट्रेड युनियन कांग्रेस कालिञ्चोक गाउँपालिका अध्यक्षमा वलराम शिवाकोटी, नेपाल ट्रेड युनियन कांग्रेस शैलुङ्ग गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद ढुङ्गेल, नेपाल ट्रेड युनियन कांग्रेस भिमेश्वर नगरपालिका अध्यक्षमा कमला त्रिपाठी, नेपाल ट्रेड युनियन कांग्रेस जिरी नगरपालिकाको अध्यक्षमा धनबहादुर खत्री, नेपाल ट्रेड युनियन कांग्रेस तामाकोशी गाउँपालिका अध्यक्षमा बाबुराम कार्की सर्वसम्मत निर्वाचित भएका छन । भवनी उप्रेती नाम्दु र रामकुमार श्रेष्ठ (राजु) चरिकोट जिल्लाकार्यसमितीको सदस्य पदमा निर्वाचित भएका छन । केन्द्रीय प्रतिनिधिमा श्याम खड्का, भवेन्द्र कार्की र प्रदेश प्रतिनिधि उर्मिला कार्की,प्रताप लामा,विषम्बर झा, रामचन्द्र शर्मा (फुयाँल) चयन भएका छन्।
नेपाल ट्रेड युनियन कांगे्रस नेपालको सबैभन्दा पुरानो संगठन भएको तर हरेक कुराले पछि परेको हुदा, समयसंगै परिवर्तन र परिमार्जित हुँदै जानुको विकल्प नरहेको उदघाटन समारोहलाई सम्बोधन “सबै संघ संगठनमा आबद्ध साथिहरु सक्रिय बनाउदै लाग्नुपर्नेछ ।” कार्यक्रमका प्रमुख अतिथि एवम नेपाली कांगे्रस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले भने ।
श्रमजीवी माथी कम्युनिस्ट सरकारको अधिनायकवादी शैली राम्रो नभएको र सम्पुर्ण श्रमजीवी तथा मजदुरहरूका हकहितका लागि अब टे«ड युनिय सशक्त भएर लाग्नुपर्नेमा खड्काले जोड दिए ।
‘श्रमको सम्मान गरौं,श्रम शक्ति नै राष्ट्र निर्माणको शक्ति हो’ भन्ने मुल नारा सहित सञ्चालन भएको कार्यक्रममा पूर्व पार्टी सभापति देवीप्रसाद न्यौपाने, महा समिति सदस्यहरु बर्मा लामा, इश्वर मानन्धर, युवा नेता केशव चौलगाइ ,पार्टी सचिव सन्तोष रिमाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जयराम श्रेष्ठ, नेपाली कांगे्रस महासमिति सदस्य गीता शिवाकोटीले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।