ईपिसिएफ मोडलमा निमार्ण हुदै नेपालको पहिलो जलविद्युत आयोजना खिम्ती दुई

 पब्लिक संवाददाता      मङ्लबार, चैत्र १३, २०७४      0

दोलखा, १३ चैत्र । ईपिसिएफ मोडलमा बन्न लागेको नेपालकै पहिलो आयोजना खिम्ती २ मा चिनिया कम्पनीले लगानी गर्ने भएको छ ।
चिनिया सरकारको स्वामित्व रहेको ‘चोङक्विङ वाटर एण्ड टर्वाइन वक्र्स’ कम्पनी (सि डव्लु टि डव्लु) को लगानीमा दोलखा र रामेछापको सिमानामा खिम्ति २ जलविद्युत आयोजनामा निर्माण हुन लागेको हो ।
४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ति २ जलविद्युत आयोजनामा ईन्जिनियरिङ, प्रोक्रुमेन्ट, कन्स्ट्रक्सन एण्ड फाईनान्सिङ (ईपिसिएफ) मोडलमा निर्माण हुनेछ । ०७५ बैशाखबाट निर्माणको काम सुरु हुने छ ।चिनिया कम्पनीको लगानीमा बन्ने खिम्ती २ जलविद्युत आयोजना आगमी बैशाखबाट निर्माण सुरु हुने भएको हो ।
जलविद्युत आयोजनामा सिडव्लु टिडव्लुले करिव ९ अर्व लगानी गर्ने भएको छ । यो आयोजना आरएम ग्रुप अन्तर्गतको पीपुल्स ईनर्जी लिमिटेडले निर्माण गर्न लागेकोहो । पिपुल्स ईनर्जीका अध्यक्ष कृष्ण आचार्यले भने “ नेपालमै पहिलो पटक ईपिसिएफ मोडलमा यो आयोजना निर्माण हुदैछ । ”उनले भने आयोजना निमार्णको लागी ८ करोड ८० लाख अमेरिकन डलर सम्झौता भएको छ ।
ठेकेदार कम्पनी सिडव्लु टिडव्लुलाई सुरुमा १० प्रतिशत रकम पेश्की उपलव्ध गराईने र बाँकी ९० प्रतिशत रकम आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिनभित्र उपलव्ध गराईनेछ । आयोजनाको वार्षिक कुल अनुमानित आम्दानी पहिलो वर्ष १ अर्व ४० करोड रहेको छ । तीन वर्ष्भित्र निर्माण सम्पन्न गरी २०७८ असारदेखि व्यवसायिक उत्पादन सुरु गर्ने आयोजनाको लक्ष्य छ । कुल २६ करोड युनिट वार्षिक उर्जा उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको विद्युत गृह खिम्ती खोला र पँलाती खोलाको दोभान भन्दा २ सय ५० मिटर माथि निर्माण हुनेछ ।
उत्पादित विद्युत न्यू खिम्ती सवस्टेशन, किर्नेटारमा जोडिनेछ । हाल आयोजनाको हाईड्रोलोजी अध्ययन, स्विकृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा ड्रिलिङको कार्य सम्पन्न भईसकेको छ । आयोजनाका लागि जग्गा खरिदको काम पनि सम्पन्न भएको छ ।

विद्युत गृह, अडिट टनेल, बाँधस्थलसम्म पुग्ने बाटो निर्माण र खिम्ति खोलामाथि पुल बनाउने काम पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।