दोलखा, १३ चैत्र । दोलखामा अवैध रुपमा भईरहेको बालुवा गिट्टि, रोडाढुँगा लगायत प्राकृतिक श्रोत साधनको उत्खनन् तथा मापदण्ड बिपरितका क्रशर उद्योग संचालन भएको चौतर्फी बिरोध आएपछि स्थानिय प्रशासनले सोमबार एक अनुगमन टोली बनाई अनुगन गरेको छ ।
एक स्रोतका अनुसार ३ नं प्रदेशका आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले दोलखा जिल्लामा अवैध रुपमा भईरहेको बालुवा गिट्टि, रोडाढुँगा लगायत प्राकृतिक श्रोत साधनको उत्खनन् तथा मापदण्ड बिपरितका क्रशर उद्योग तत्काल बन्द गर्न दोलखाको स्थानीय प्रशासनलाई निर्देशन दिएको थिए ।
मन्त्री जमरकट्टेलले दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक श्रोत साधनको अवैध रुपमा भईरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन स्रोतले जानएको छ । यता आफुलाई कुनै मन्त्रिको फोन नआएको दाबि गर्दै स्वस्पूmर्त अबैधरुपमा संचालान भए नभएको अनुगन गरि जिल्ला समन्वय समितीमा प्रतिवेदन पेश गर्न सहायकप्रमुख जिल्ला अधिकारकिो अध्यक्षतामा ५ सदशीय अनुगन समिती बनाई स्थलगत पठाएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले बताए ।
प्रजिअ थापाले भने अनुगमन समिति जिल्ला प्रहरी कार्यालय दोलखाका अधिकृत, प्राविधिक कार्यालयको अधिकृत,जिल्ला समन्वय समितीको अधिकृत समेत राखेका छौं । दोलखामा जिल्लाका केहि व्यापारी, राजनीतिक दलका नेता, जनप्रनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रशर सँचालन तथा बालुवा गिट्टि र रोडाढुँगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा विक्रि भईरहेको नागरिकले आरोप लागाएकाछन ।
बालुवा उत्खनन्को बिषयलाई लिएर जिल्लाको तामाकोसी गाउँपालिका स्थित भिरकोटको माझि बस्तिमा स्थानीय माझि समुदाय र प्रहरी वीच भएको झडप र सो घटना पछि स्थानीयलाई पक्राउ गरी मुद्धा चलाए पछि बालुवा, गिट्टि, रोडाढुँगाको अवैध धन्दा संचालन भईरहेको खबर बाहिर आउन थालेको थियो ।
तामाकोसी गाउँपालिका अन्तर्गत ढोलीखोला देखि उत्तरी सिँगटी बजार सम्म तामाकोसी नदीमा भूकम्प पछि व्यापक उत्खनन भएको छ । पछिल्लो सम केहि नयाँ क्रशर उद्योगहरु सँचालनमा आएका छन् । यहाँ अधिकांश क्रशर उद्योग सरकारले तोकेको मापदण्ड बिपरित संचालन भईरहेका छन्। भूकम्प पछि जिल्लाका केहि ठूला व्यापारी, दलका कतिपय नेता, स्थानीय सरकारका जनप्रतिनिधिहरुको मिलेमतोमा प्राकृतिक श्रोत साधनको अवैध उत्खनन भईरहेको स्थानीयको गुनासो छ