उज्यालो भविष्य संस्था गर्याे प्रसिद्ध भीमेश्वर मन्दिर परिसरकाे सरसफाइ

 पब्लिक संवाददाता      आइतवार, चैत्र ११, २०७४      0

दाेलखा  ११    चैत। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर प्रांगणमा सरसफाइ कार्यक्रम भएको छ।उज्यालो भबिस्य सस्था दोलखाले आज भिमेश्वोर नगरपालिका वडा २ स्थित भीमेश्वर मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन। दोलखा मन्दिर परिसर भित्र सरसफाइ  कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिराज मान श्रेष्ठले सरसफाइमा उज्यालो भबिस्य सस्था लागेकोमा खुशी बेक्त गर्दै यसलाई  निरन्तरता दिनुपर्ने र सरसफाइ मानव जीवनको अत्यावश्यक  भएकाले पनि सरसफाइ कार्यक्रमलाई जिल्लाभर नै लागु गर्नुपर्ने धारण राखे। उज्यालो भविष्य  सस्था दोलखाका अध्यक्ष राजन बस्नेतले सफा,स्वछ र समृद्ध दोलखा निर्माण गर्नका लागि सरसफाइ आवश्यक रहेकाले आफ्नो सस्थाले राम नवमीको अघिल्लो दिन पारेर मन्दिर वरिपरि सरसफाइ कार्यक्रम राखेको स्पष्ट पारे। अध्यक्ष बस्नेतले भने “आफुहरुले सरसफाइ सम्बन्धि धेरै कार्यहरू गरेको र आगामी दिनहरुमा पनि यस्ता  कार्यक्रमलाई निरन्तरता दिने छौ।” सरसफाइ कार्यक्रममा उज्यालो भबिस्य सस्था दोलखाका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु र उमन एक्ट लगाएतको सहभागीता रहेको थियो। उज्यालो भविष्य सस्थाले दोलखाले महिला तथा बालबालिका,युवा सम्बन्धि अतिरिक्त क्रियाकलापहरु गर्दै आइरहेको छ। बाल मैत्री स्थानीय शासन लागू गर्नका लागि महिला तथा बालबालिका कार्यलय दोलखा लगायत सरोकारवालाहरुसंग समन्वय गति कार्यक्रम,महिलाहरुलाइ जनचेतना मुलक तालीम गोष्ठी र सीप बिकास, सडक नाटक,झोल तथा स्टेशनरी वितरण, क्षमता अभिवृद्धि ,बाल क्लब गठन,महिला संजाल गठन लगायतका कार्यक्रमहरु गर्दै आएका छन्। राम्राे पाेष्ट अनलाइन बाट साभार

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।