दोलखा ११ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको अध्यक्षमा बालकुमार गिरी निर्वाचित भएकाछन । केशव कार्कीलाई १ सय ५९ मतकाे फरकले पछि पार्दे गिरी बिजय भएका हुन । गिरीले ३ सय ६७ मत प्राप्त गरेका थिए भने कार्कीले २ सय ८ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा ३ सय ८ मत सहित शान्त शेर्पा विजयी भएका छन् । शेर्पाले निकट्तम प्रतिद्धन्द्धी केदार रिमाललाई १ सय २७ मतले पराजित गरेका हुन् । कोषाध्यक्षमा २ सय ४१ मत सहित केशव प्रसाद सेढाइँ निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी चित्र बहादुर खड्काले १ सय ९० मत मात्र प्राप्त गरेका छन् । भिमेश्वर नगरपालिकाको सदस्यमा राम बहादुर बुढाथोकी २ सय २५ मत ल्याई बिजय भएकाछन । गौरीशंकर गाउँपालिकाको सदस्यमा २ सय ९९ मत ल्याई नविन प्रसाद ओली बिजय भए भने कालिञ्चोक गाउँपालिकाको सदस्यमा प्रेम प्रसाद न्यौपाने ले २ सय ७४ मत ल्याई जित हात पारेका छन । संगठनको नयाँ नेतृत्वका लागि ५ सय ७३ शिक्षकले मत खसालेका निर्वतमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्ष , उपाध्यक्ष, कोषाध्यक्ष र तीन सदस्यका लागि मात्र निर्वाचन भएको अन्य पदहरुमा भने निर्विरोध भएको सापकोटाले बताए । सचिवमा किशोर दाहाल निर्विरोध भएका छन् भने महिला उपाध्यक्षमा विमला दुलाल, सह–सचिवमा ईश्वरी उप्रेती र सह–कोषाध्यक्षमा लालमाया तामाङ निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष सापकोटाले बताए । केन्द्रीय प्रतिनिधिमा वर्तमान अध्यक्ष रामप्रसाद सापकोटा, लिलाहरी पोखरेल, सुब शेर्पा, तारा प्रसाद पन्त र राधा मास्के निर्विरोध भएको समेत उनले बताए । नेपाल राष्ट्रिय शिक्षक सँगठनको १२ औं अधिवेशनको २ दिन सम्म चलेको थियो ।